काठमाडौं– सरकारले विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गर्ने भएको छ। त्यसलाई २ करोड रुपैयाँ कायम गरिने अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत घोषणा गरेका छन्।
‘वैदेशिक लगानी आकर्षित गर्न १० करोडसम्मको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइनेछ। ठूला लगानीकर्ताले विद्युतीय माध्यमबाट प्रत्यक्ष लगानी स्वीकृतिको माग गरेमा पूर्वतयारीका कार्य सम्पन्न गर्ने गरी सात दिनभित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइनेछ’, शर्माले भने।
उनले लगानी स्वीकृति र उद्योग सञ्चालनसम्बन्धी बाँकी प्रक्रिया ६ महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था मिलाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।