काठमाडौं– सरकारले कृषकको उत्पादनलाई ध्यानमा राख्दै सातवटै प्रदेशमा कोल्ड स्टोर स्थापनाको व्यवस्था गर्ने भएको छ।
आर्थिक वर्ष ०७९/८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएका हुन्।
‘०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाइने छ, नगदे बाली उत्पादनका लागि कृषकलाई प्रोत्साहन गरिने छ,’ उनले भने, ‘प्रत्येक प्रदेशमा ठूला र मध्य आकारका कोल्ड स्टोर खोल्ने व्यवस्था गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।