काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा कृषि आधुनिकीकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ। अर्थमन्त्री शर्माले आज संसद्मा सार्वजनिक गरेको बबजेटमा यो कुरा उल्लेख छ।
बजेटमा उल्लेख छ, ‘आगामी आर्थिक वर्ष आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष हुनेछ। नेपालको ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गरिनेछ। कृषि आधुनिकीकरण परियोजनामा ५ अर्ब ९० करोड विनियोजन गरिएको छ।’
कृषकहरूलाई सरल र सहज रुपमा बीउ, मल, सिंचाईलगायतका सुविधा उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।