काठमाडौं– सरकारले संसद्मा आर्थिक वर्ष २०७९÷०८०का लागि बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा बजेट पेस गरेका हुन्।
उनले पेस गरेको बजेटमा कृषि क्षेत्रदेखि आवधिक निर्वाचनसम्मलाई प्राथमिकता दिइएको छ। आगामी वर्ष प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता राखेको हो।
यी हुन बजेटका प्राथमिकता
कृषि क्षेत्रको रुपान्तरण
उत्पादन र उत्पादकको वृद्धि
रोजगारी सिर्जना र गरिबी निवारण
स्थानीय आर्थिक विकास
मानव संसाधन विकास
पूर्वाधार विकास
जलविद्युत्त विकास
पर्यटन क्षेत्रको पुनर्उत्थान
जलवायु परिर्वतनका जोखिम न्यूनीकरण
प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन
आवधिक निर्वाचन
वैज्ञानिक अनुसन्धान र विकास
पूर्वाधारण विकास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।