काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई न्यूनतम ३० प्रतिशतले कम गर्ने उल्लेख गरिएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटमा आधारभूत कृषि उत्पादनको आयातलाई ३० प्रतिशतले कम गर्ने, निर्यात दोब्बर गर्ने र आयातलाई कम्तिमा २० प्रतिशतले कम गर्ने उल्लेख गरिएको छ।
बजेटमा भनिएको छ– आधारभूत कृषि उत्पादन धान मकै, गहुँ, तरकारी र फलफुलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने, आगामी वर्ष निर्यात दोब्बर कम गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने।
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको बजेटमा वार्षिक ३० प्रतिशतले मर्यादित रोजगारीको बृद्धि गर्ने बताएको छ। बजेटमा भनिएको छ– मर्यादित रोजगारी वार्षित ३० प्रतिशतका दरले बृद्धि गर्ने, भूमिहितलाई आगामी तीन वर्षभित्र आवास वितरण गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।