काठमाडौं- मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको एक मन्त्रीले जानकारी दिए।
आइतबार ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्ने कार्यसूची छ।
संविधानमै जेठ १५ मा संघीय संसद्को बैठकमा बजेट पेश गर्ने प्रावधान छ। अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते राति (जेठ ८ गते बिहान) प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका थिए। अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारमा बजेट पढेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।