काठमाडौं– कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ। गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएम ९५.२ फेरी श्रोतामाझ फर्किएको छ।
सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पुर्याई रहेको रुस्लान एफएम ९५.२ ले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गर्ने गरेको छ। नेपाली गीतका साथसाथै रुस्लान एफएम ९५.२ मा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ।
'पहिलाभन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं', रुस्लान एफएमका प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भने।
बिहान ६ बजे बाट राति १२ बजेसम्म सञ्चालन हुने रुस्लान एफएम ९५.२ मा बिहान ६ देखि ८ बजेसम्म ‘वर्क आउट बिट्स’, बिहान ८ देखि ११ बजेसम्म रुस्लान आवर बिट्स’, बिहान ११ देखि दिउँसो ४ बजे सम्म चिल बिट्स’, दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म ‘इन ट्रेण्ड’ र बेलुकी ७ देखि राती १२ बजेसम्म ‘भाइब्रेंट बिट्स’ गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।