काठमाडौं–अन्तर्राष्ट्रिय कम्पनी ओप्पोले ‘ओप्पो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटर’ घोषणा गरेको छ। यसमार्फत् विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीहरुलाई थप ऊर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम सृजना हुने विश्वास लिइएको छ।
इनोभेसन एक्सेलेटरका लागि ओप्पो रिसर्च इन्स्टिच्युटले माईक्रोसफ्ट फोर स्टार्टअपका रुपमा सहकार्य गर्नेछ। यो कार्यक्रममार्फत् सबै प्रविधि व्यावसायीहरुलाई मानिसले सामना गर्ने समस्या समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
‘भर्टुअस ईनोभेसन’ को विषयवस्तुमा केन्द्रित ओप्पोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुई वटा प्रस्तावहरुको आह्वान गरेको छ। सहभागी टोली वा व्यक्तिहरुद्वारा पेश गरिएका प्रस्तावहरुको मूल्यांकनपछि १० वटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिनेछ। साथै लगानीका अवसर, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापी रुपमा प्रस्तुतिका लागि थप अवसर प्रदान गरिने जनाइएको छ।
ओप्पो अनुसन्धान संस्थानका उपाध्यक्ष प्रमुख लेभिन लिउले भने, ‘ओप्पोले भर्टुअस ईनोभेसनको धारणामा गहिरो विश्वास गर्छ। हामीले नयाँ प्रविधि पत्ता लगाउन खोज्दा मानिसहरुलाई पहिलो स्थान दिन्छौँ र प्रविधिको माध्यमबाट मानिसहरुले सामना गरिरहेका केही ठूला समस्या समाधान गर्ने प्रयास गरिरहेका छौं।’
प्रस्तावका लागि मे ८, २००२ देखि अनलाईन आवेदन खोलिसकेको छ। तीन महिनाको प्रारम्भिक मूल्यांकन र डेमो डे, रोड शोपछि घोषणा गरिनेछ । ओप्पोले सबै विजेता टोली वा व्यक्तिहरुलाई आर्थिक अनुदान उपलब्ध गराउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।