काठमाडौं–स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नक्साल नारायण चौरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो।
शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाकोे नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उद्घाटन गरिन्। कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, ‘हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ । ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ।’
बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।