• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मर्जरकाे तयारीमा रहेका १४ कम्पनीको १० खर्बभन्दा धेरै रकम बन्धक, लकिङ घटाउने विषयमा छलफल सुरु

64x64
सुमित्रा कार्की शनिबार, जेठ १४, २०७९  १८:४४
1140x725

काठमाडौं– पछिल्लो समय मर्जरमा जाने तयारी रहेका नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १४ कम्पनीको ६२ करोड १८ लाख ४६ हजार ५५ कित्ता बराबरको सेयर कारोबार रोक्का गरिएको छ। 

सूचीकृत १४ कम्पनीको १० खर्ब २६ अर्ब ४० करोड ८५ लाख २४ हजार ८७७.६१ रुपैयाँ सेयर कारोबार रोक्का राखिएको हो। यी १४ कम्पनी मर्जरमा जान लागेको भन्दै नेपाल राष्ट्र बैंक, बीमा समिति र विद्युत् नियामक निकायमा मर्जरको प्रारम्भिकसम्झौता गरेर नेप्सेले सेयर कारोबार रोक्का गरेको हो। 

नेप्सेमा सूचीकृत भएका १४ कम्पनीको अन्तिम कारोबार अनुसार उक्त रकम बराबरको सेयर कारोबार रकम रोक्का रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। 

हाल नेपाल स्टक एक्सचेन्जले तीन हाईड्रोपावर कम्पनी, पाँच बीमा कम्पनी, तीन वाणिज्य बैंक र चार लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। 

तीन वाणिज्य बैंकको सेयर एक खर्ब ६६ अर्ब ७२ करोड ५७ लाख ६० हजार ८९३.६१ रुपैयाँ बराबर रहेको छ। नेपाल बंगलादेश बैंकको अन्तिक कारोबार रकमको आधारमा ४० अर्ब २४ करोड सात लाख ४६ हजार रुपैयाँ बराबरको सेयर कारोबार रोक्का रहेको छ। नबिल बैंककले प्राप्त गर्न लागेको यस बैंकको सेयर कारोबार गत पुष ३० गतेबाट रोक्का गरिएको हो। 

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको अन्तिम कारोबार रकमअनुसार ५१ अर्ब ७१ करोड २७ लाख ९३ हजजार ७२८ रुपैयाँ बराबरको सेयर २०७८ साल वैशाख ३१ गतेबाट रोक्का छ। 

हिमालयनको पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि भन्दै गत वर्षको वैशाख ३० गतेबाट कारोबार रोक्का रहेको छ।  

यसैगरी, दुई हाईड्रो पावर कम्पनीको ८ खर्ब ४ अर्ब ३३ करोड १६ लाख चार हजार रुपैयाँ बराबरको सेयर रोक्का रहेको नेप्सेले जानकारी दिएको छ। गत कात्तिक १७ गतेबाट मर्जरमा जानको लागि यी दुई कम्पनीले आफ्नो सेयर कारोबार रोक्का गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी मर्जरमा जानको लागि चार लघुवित्त कम्पनीको पाँच अर्ब ८४ करोड ९६ लाख ८३ हजार ९०० रुपैयाँ बराबरको सेयर कारोबार रोक्का छ। अन्तिम कारोबार रकमअनुसार उक्त लघुवित्तको सेयर मूल्य बढेको हो। 

नेप्सेमा घोडाघोडी लघुवित्त वित्तीय संस्थाको २२ करोड ९२ लाख ८७ हजार ५००  रुपैयाँ बराबरको सेयर कारोबार रोक्का गरिएको छ। समाज लघुवित्तको दुई करोड रुपैयाँ बराबरको सेयर कारोबार रोक्का रहेको नेप्सेले जानकारी दिएको छ। 

यसैगरी, आँधीखोला लघुवित्त वित्तीय संस्थाको ५५ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार रोक्का भएको छ। नाडेब लघुवित्तको पाँच अर्ब चार करोड ७० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको सेयर कारोबार रोक्का भएको छ। 

यता जीवन तथा निर्जीवन बीमा कम्पनीको पनि ४९ अर्ब ५० करोड १४ लाख ७६ हजार ८४ रुपैयाँ बराबरको सेयर रकम रोक्का छ। दुई निर्जीवन बीमा कम्पनी र तीन जीवन बीमा कम्पनी गरेर पाँच बीमा कम्पनीको सेयर कारबार मर्जरको लागि रोक्का भएको हो। 

मर्जरको कारण लगानीकर्ताले गरेको लगानी वर्षौंसम्म बन्धक बनेको छ। यसले लगानीकर्तालाई हैरानी बनाएको जानकारहरूले बताएका छन्।

मर्जर तथा प्राप्तिको कारण कारोबार रोक्का नगर्ने व्यवस्थाका लागि नियामक निकायलाई धेरै पटक भन्दा पनि यसमा कुनै सुनुवाई नभएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। 

लगानीका लागि पुँजी संकलनको केन्द्रका रुपमा हेरिने पुँजी बजारमा मर्जर तथा बुक क्लोजको बाहना देखाएर लामो समयसम्म सर्वसाधारणको लगानी बन्धक बनाइनु गलत भएको उनी बताउँछन् । 

यसरी लामो समयसम्म लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने नीतिलाई तत्काल परिमार्जन गर्न सेयर बजारका लगानीकर्ताले माग गर्दै आएका छन्। 

कारोबार खुलाउने विषयमा छलफल सुरु

मर्जर तथा प्राप्तिको कारण अगानीकर्ताको रकम बन्धक भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ। यस विषयमा सेयर बजार तथा बैंकवित्तका नियामक निकायले छलफल सुरु गरेका छन्। 

नेपाल धितोपत्र बोर्डमा गत सोमबार कसरी मर्जरमा गएका कम्पनीहरूको बुक क्लोजको समय घटाउन सकिन्छ भन्नेमा केन्द्रित रहेर छलफल गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए। 

कारोबारमा गरिने लकिङ कसरी घटाउने भन्नेबारे अब निर्णय गर्न विभिन्न नियामक निकायसँग आफूले छलफल गरिरहेको हमाल बताउँछन्। सोमबार भएको छलफलमा धितोपत्र बोर्ड, नेप्से, सीडीएसका प्रतिनिधिहरूको उपस्थिति थियो। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ लाई २०७५ मा संशोधन गर्दा मर्जर तथा प्राप्तिमा जाने वित्तीय संस्थाहरूले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेपछि तिनको कारोबार रोक्का रोख्नुपर्ने व्यवस्था गरेको हो।

मर्जरमा गएका कम्पनीहरूको सेयर कारोबार लामो समयसम्म रोकिँदा लगानीकर्तालाई समस्या परेकोबारे नेपाल राष्ट्र बैंकसँग पनि नेपाल धितोपत्र बोर्डले छलफल गरिरहेको बोर्ड श्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, साउन ८, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्