• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

काठमाडौं महानगरमा कांग्रेसको एकल बहुमत, बालेनलाई कति सहज?

यस्तो बन्ने छ नगरसभामा र नगर कार्यपालिका
64x64
बीपी अनमोल शनिबार, जेठ १४, २०७९  ०७:०६
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौंको बिहीबार सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम शुक्रबार बिहान सार्वजनिक भएको भएको हो। 

पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरमा पराजित गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाह काठमाडौंको मेयरमा निर्वाचित भएका छन्। उनले ६१ हजार ७६७ मत पाए। दोस्रो भएकी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। 

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६१२ मतसहित विजयी भइन्। गठबन्धनका तर्फबाट उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे। 

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा १ लाख ९० हजार ९६२ मत खसेको थियो। तीमध्ये १ लाख ५९ हजार ९०६ मत मात्रै सदर भए भने ३१ हजार ५६ मत बदर भए। 

काठमाडौं महानगरपालिकाका ३२ वडामा नेकपा माओवादी केन्द्रले कुनै वडामा जित हासिल गर्न सकेन। सबैभन्दा धेरै १९ वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। एमालेले १२ वडामा जित हासिल गरेको छ भने एक वडामा नेकपा एकीकृत समाजवादीले जितेको छ। 

२०७४ सालको निर्वाचनमा काठमाडौंको मेयरसहित बहुमत वडामा नेकपा एमाले विजयी भएको थियो। तर, यसपटक भने कांग्रेसले धेरै वडा जित्न सफल भएको छ। कांग्रेसले १९ वडासहित बहुमत जनप्रतिनिधि जित्न सफल भएपनि मेयरमा भने जित हासिल गर्न सकेन। 

काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरसहित ३२ वडा समेत गरेर १६० जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन्। काठमाडौं महानगरको २४ र २५ नम्बर वडामा दलित महिला सदस्यमा भने उम्मेदवारी नै नपरेकाले ती दुई सदस्य पद रिक्त रहेका छन्।

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९, ३० गरेर १९ नम्बर वडामा वडाध्यक्ष जितेको छ। खुल्ला, महिला र दलित महिला सदस्य गरेर ७४ सदस्य जितेको छ। यीसमेत जोड्दा नेपाली कांग्रेसबाट ९३ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमालेको तर्फबाट उपप्रमुख, १२ वडा अध्यक्ष र खुल्ला, महिला र दतिल महिला सदस्य ४८ गरेर ६१ जनप्रतिनिधि निर्वाचित भएका छन्। एमालेले काठमाडौं महानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१, ३२ मा वडाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादीले वडा नम्बर १५ मा वडाध्यक्षसहित पाँच सदस्य जितेको छ। 

स्वतन्त्रबाट निर्वाचित मेयर, नेकपा एमालेबाट निर्वाचित उपमेयरसहित ३२ वडाका अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यसहित काठमाडौं महानगरपालिकामा १६२ सदस्यीय नगरसभा हुन्छ। 

तर, २ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेकाले अहिलेको निर्वाचनबाट १६० सदस्यीय नगरसभा बनेको छ। यस महानगरमा सबैभन्दा धेरै जनप्रतिनिधि नेपाली कांग्रेसले ९३ जितेकाले यसको बहुमत देखिएको छ। नगरसभामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सम्पूर्ण वडा सदस्यहरु रहने संवैधानिक व्यवस्था छ। 

कार्यपालिकामा कांग्रेसको एकल बहुमत
नगरसभामा नेपाली कांग्रेसको बहुमत भएसँगै अब महानगरको कार्यपालिका कस्तो हुन्छ भन्ने पनि चर्चा गरौं। कार्यपालिका हरेक नगरको महत्त्वपूर्ण निकायका रुपमा रहेको हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगर कार्यपालिकामा स्थानीय तहको कार्यकारिणी अधिकार निहित हुन्छ। नगर कार्यपालिकाबाट बजेट तथा कानुनहरु पारित भएपछि मात्रै कार्यान्वयनमा आउने गर्छन्। नगर सभामा निर्वाचित जनप्रतिनिधिहरूको कूल संख्याको बहुमत–अल्पमतको अंकगणितको आधारमा नगर प्रमुखले अगाडि सारेका कार्यक्रमहरू अघि बढ्न सक्ने अवस्था रहन्छ।

नेपालको संविधानको धारा २१६ मा नगर कार्यपालिकासम्बन्धी व्यवस्था गरिएको छ। जसअनुसार नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडा अध्यक्ष, नगर सभाबाट निर्वाचित ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक समुदायबाट रहने छन्। महिला सदस्यहरु नगरसभा (निर्वाचित जनप्रतिनिधिहरु) बाटै चयन हुनुपर्ने भए पनि दलित वा अल्पसंख्यकको हकमा भने नगर सभा सदस्य वा सम्बन्धित नगरपालिकाभित्रको मतदाता भए पुग्छ।

काठमाडौं महानगरपालिकामा ३२ वटा वडा भएकाले यहाँ ४२ सदस्यीय नगर कार्यपालिका गठन हुन्छ। काठमाडौं महानगरमा कांग्रेसको एकल बहुमत छ।

कांग्रेसले ३२ मध्ये १९ वडा जितेको छ भने नगरसभामा पनि बहुमत देखिएकाले कार्यपालिकामा निर्वाचित भएर आउने ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक पनि नेपाली कांग्रेसकै निर्वाचित हुनेछन्। 

नगर कार्यपालिकामा निर्वाचित भएर आउने ८ र निर्वाचित १९ जना समेत जोड्दा नेपाली कांग्रेसको पक्षमा २७ सदस्य हुनेछन्। यहाँ एकल बहुमत नेपाली कांग्रेसको नै हुनेछ। 

नगर कार्यपालिकामा थपिने सदस्यहरूको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अबको तीन दिनभित्र निर्वाचन गरिसक्ने जनाएको छ। मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी गरिएको जानकारी दिए।

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्