काठमाडौं– सस्तो डिलले पुन: सबैभन्दा ठूलो एक हप्ते 'सामसङ मेला' क्याम्पेन सुरु गरेको छ।
यो एक हप्ते क्याम्पेन बिहीबारदेखि सुरु भएको छ। जेठ १८ मा सम्पन्न हुने कम्पनीले जनाएको छ। यस एक हप्ते योजना अवधिभर सामसङको जुनै पनि उपकरण मोबाइल फोन, टिभी, वाशिङ मेसिन, आदि भारी छुट्मा पाइनेछन्।
योजना अवधिभर ग्राहकहरुले सामसङको उपकरण खरिदमा १० हजार रूपैयाँसम्मको छुट भौचर पाउनेछन्। यससँगै ग्राहकहरुको सहजताका लागि सस्तो डिलले एनआईसी एसिया बैंकसँग हातेमालो गरी शून्य प्रतिशत ईएमआईमा उपकरण लिन मिल्ने सुविधा पनि अघि सारेको छ।
यसका साथै एनआईसी एसिया बैंक, ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड भएका ग्राहकहरुले थप १५ प्रतिशत (दुई हजारसम्म) को क्यासब्याक पनि पाउनेछन् भने इसेवा वा खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत (दुई हजारसम्म) छुट पाउनेछन्।
यस अफर अवधिभर सामसङको उपकरण खरिद गर्ने ग्राहकहरुले नेपालभरी फ्री डेलिभरीको सुविधा पनि पाउनेछन्।
यस क्याम्पेनको समाजिक सञ्जालमा राम्रो प्रतिक्रिया आइरहेको र छुट साथै भौचरहरु क्याम्पेन सुरु भएको केही समयमै सक्किनेमा सस्तो डिलका हेड अफ मार्केटिङ रितिक शाही विश्वस्त छन्।
त्यसैले सम्पूर्ण ग्राहकहरुलाई तयार रही छिटो भन्दा छिटो छुट्को लाभ उठाइ उपकारण खरिद गर्न उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।