काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमासम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ। सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ।
सरल र मर्मस्पर्शी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बिमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नै कम्पनीको विश्वास छ।
बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार बिमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ। स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।