काठमाडौं- इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ।
स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले १९ जनाको मृत्यु भएको जनाएको हो।
अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताए।
अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ। सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ।
मंगलबार उक्त भवनमालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ।
निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ। यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।