काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन (बिहीबार) सेयर बजारमा सामान्य सुधार आएको छ। तर, कारोबार रकम भने ९० करोडभन्दा मुनि खुम्चिएको छ।
बिहीबार सेयर बजार परिसूचक (नेप्से) ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा पुग्यो। यस्तै, 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सिटिभ इन्डेक्स १.३९ अंकले बढेर ४३६.४७ विन्दुमा पुग्यो।
बिहीबार सेयर बजारमा २३ लाख २४ हजार ६६५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८८ करोडमा सीमित भयो।
बिहीबार कारोबारमा आएकामध्ये ५ समूह उपसूचको ओरालो लाग्यो। 'अन्य', होटल तथा पर्यटन, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको उपसूचक ओरालो लाग्यो।
बिहीबार सबैभन्दा बढी मेग बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो। मेगा बैंकको सेयरमूल्य बढेर प्रतिकित्ता २४७ रुपैयाँ पुग्यो। यस्तै, नारायणी विकास बैंकको सेयरमूल्य ६.२५ प्रतिशतले बढेर ३७७ रुपैयाँ प्रतिकित्ता पुग्यो।
बिहीबार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाए। गुराँस लघुवित्तको सेयरमूल्य ५.४७ प्रतिशतले घट्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।