काठमाडौं– काठमाडौंको दरबारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते (शुक्रबार) ५ रुपैयाँमा हेयर कट र नेल सर्भिस दिने भएको छ।
आफनो पाँचौ वार्षिकोत्सवका अवसरमा शुक्रबार हेयर कट र नेल सर्भिस जम्मा ५ रुपैयाँमा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिए।
वार्षिकोत्सवको अवसर पारेर दिभानले विगतमा पनि ग्राहकमैत्री सेवा र अफरहरु दिँदै आएको छ। पहिलो वार्षिकोत्सवमा १ रुपैयाँमा, दोस्रोमा २ रुपैयाँमा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन।
वार्षिक उत्सवको दिन विहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ। सो दिन सेवा लिन आउने सबैलाई ५ रुपैयाँमा नै सेवा दिने पनि दि भानले जानकारी दिएको छ।
वार्षिकोत्सवका अवरमा अरु दिन पनि सम्पूर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिए। दिभान युनिसेक्स सलुनले विगत पाँच वर्षदेखि काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।