काठमाडौं– सस्तोडिलले पुनः सबै भन्दा ठूलो एक हप्ते ‘सामसङ मेला’ क्याम्पेन सुरु गरेको छ। यो एक हप्ते क्याम्पेन जेठ १२ देखि सुरु भइ जेष्ठ १८ मा सम्पन्न हुनेछ।
एक हप्ते योजना अवधिभर स्यामसुुङको जुनसुकै उपकरण जस्तै मोबाइल फोन, टिभी, वाशिङ मेसिन, आदिमा भारी छुट दिने भएको छ।
योजना अवधिभर ग्राहकहरुले सामसङको उपकरण खरिदमा १० हजार रुपैयाँसम्म छुटको भौचर पाउने भएका छन्।
यससँगै ग्राहकहरूको सहजताका लागि सस्तोडिलले एनआइसी एसिया बैंकसँग हातेमालो गरी ० प्रतिशत ईएमआईमा उपकरण लिनमिल्ने सुविधा पनि अघि सारेको छ।
यस्तै, एनआइसी एसिया बैंक, ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको डेबिट÷क्रेडिट कार्ड भएका ग्राहकहरूले थप १५ प्रतिशत (२ हजारसम्म)को क्यासब्याक पनि पाउनेछन् भने ई–सेवा वा खल्तीबाट भुक्तानी गर्दा ५ प्रतिशत(२ हजारसम्म)को छुट पाउने सस्तोडिलले जनाएको छ।
मेला अवधिभर उपकरण गरिद गर्ने ग्राहकका लागि देशभर निःशुल्क डेलिभरीको सुविधा पनि उपलब्ध गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।