कैलाली– धनगढीमा रेमण्ड सपको शाखा सञ्चालनमा आउन लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीनारायण चोकको मुख्य बजारमा भोलि (बिहीबार) देखि शाखा सञ्चालनमा ल्याइन लागेको हो।
भारत तथा अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त सो ब्राण्डको सप सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सञ्चालनमा आउन लागेको सञ्चालक प्रकाश दर्जीले बताए।
‘बिहीबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट उद्घाटन गराइ विधिवत रूपमा शाखा सञ्चालनमा ल्याइने छ,’ उनले भने, ‘गुणस्तरीय पोशाक उपलब्ध गराउने उद्देश्यले शाखा सुरु हुन लागेको हो।’
सो सप सञ्चालनका लागि सवा दुई करोड लगानी गरिएको उनले जानकारी दिए । सपमा एक हजार ६ सयदेखि १० हजार रुपैयाँ बराबरका पोशाकहरू पाइनेछन्।
२०५१ सालमा कञ्चनपुरको महेन्द्रनगरमा दुईवटा मेसिन राखेर कपडा पसल सुरु गरेका दर्जी अहिले करोडौंको शाखा सञ्चालनमा ल्याउन सफल भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।