काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक (नेप्से) १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ।
'क' वर्गका कम्पनीहरुको कारोबार मापद गर्ने सेन्सिटिभ इन्डेक्स पनि बुधबार २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ।
बुधबार कारोबारमा आएका सबै समूहको उपसूचकहरु बढेका छन्। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.५३ प्रतिशतले बढ्यो।
बुधबार २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार भने १ अर्ब ८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।
बुधबार बलेफी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.९२ प्रतिशतले बढ्यो। कम्पनीको सेयर कारोबार मंगलबारदेखि सुरू भएको हो। यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले बढ्यो।
बुधबार कर्पोरेट विकास बैंकको सेयरमूल्य भने सबैभन्दा धेरै ७.१३ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।