काठमाडौं– नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणि शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन्।
लामो समयदेखि रिक्त रहेको दुई पदमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालकमा नियुक्त गरेको हो।
यसअघि राष्ट्र बैंकको संचालक श्रीराम पौडेल र रामजी रेग्मी थिए। उनीहरुको कार्यकाल सकिएपछि दुई पद रिक्त थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।