• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्र सुधारको स्पष्ट नीति छैन

64x64
सुमित्रा कार्की मंगलबार, जेठ १०, २०७९  १९:३२
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकी हुन्। 

नीति तथा कार्यक्रमा अहिले देखिएको तरलता अभावको समस्या समाधान गर्ने तथा अर्थतन्त्रमा देखिएको समस्यालाई निराकरण गर्ने खालको नीति आउँछ कि भन्ने धेरैको अपेक्षा थियो। 

तर, अहिले बैंक तथा वित्त क्षेत्रमा देखिएको तरलता समस्याको समाधान गर्ने खालको कुनै पनि नीति लिएको छैन। यस्तै विदेशी मुद्रा सञ्चिति, ब्यापार घाटालगायतका समस्याबारे पनि ठोस समाधानको कुनै योजना नीति तथा कार्यक्रममा देखिँदैन। 

हाल देखिएको महँगीलाई नियन्त्रण गर्ने खालको कुनै योजनाहरू समावेश नभएको जानकारहरूको बुझाइ छ। नीति तथा कार्यक्रम ल्याउनु अघि नै सर्वसाधारणले सरकारलाई नीति तथा कार्यक्रममा बैंकिङ तरलता, महँगी नियन्त्रण लगायतका समस्या समाधानको विकल्प समेट्न सुझाव दिएका थिए। तर, आम नागरिकले देखाएका समस्या समाधानप्रति नीति तथा कार्यक्रम केही बोलेको छैन। 

संकटउन्मुख अर्थतन्त्र सुधार गर्ने खालको नीति सरकारले ल्याउन नसकेको प्रतिपक्षी दल एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईको टिप्पणी छ। तरलता समस्या समाधान गर्नका लागि कुनै कुरा समावेश नगरिएको उनको भनाइ छ। 

भट्टराई भन्छन्, ‘अहिले अर्थतन्त्र खस्किँदै जानु, मूल्य बृद्धि, बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव, पुँजिगत खर्च हुन नसक्नु लगायत मुख्य समस्या हुन्। यस्ता समस्या समाधानका लागि नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्थ्यो तर त्यतातर्फ कुनै योजना ल्याएको छैन।’

यस्तै, राजस्व संकलन पनि लक्ष्यअनुसार हुन नसकेको भट्टराई बताउँछन्। सरकारले अहिले ल्याएको नीति तथा कार्यक्रम समयको बर्बादीमात्र भएको भट्टराईको टिप्पणी छ। 

यसैगरी, कुनै नयाँ सपना तथा नयाँ योजनाहरू नभएको नीति तथा कार्यक्रम ल्याइएको जसपाका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टिप्पणी गरेका छन्। अहिलेको नीति तथा कार्यक्रम अगाडिका आर्थिक वर्षकोभन्दा फरक नभएको उनको बुझाइ छ। 

nimb
nimb

अर्थशास्त्री दधि अधिकारीले सरकारको नीति तथा कार्यक्रममाथि तीन बुँदे टिप्पणी गरेका छन्। उनले चालू खर्च नै धान्न नसक्ने अवस्था भएका बेला विकास खर्चको कल्पना गर्नु अतिसयोक्ति हुने बताए।  उनी भन्छन्, ‘हामी पुँजीगत खर्चको निमित्त विदेशी दातृ निकायमा नै भर पर्ने हो। यसको विकल्प अहिलेको निमित्त छैन।’

उनले आगामी बजेटमा सरकारले सुधार गर्नुपर्ने केही सुझाव दिएका छन्। मुद्रा स्फितिको असर कम नहुँदासम्म अत्यावश्यक वस्तुहरूमा सहुलियत दिनुका साथै लक्षित समूह पहिचान गर्न सक्ने क्षमता नभएमा त्यस्तो सहयोगलाई ‘यूनिभर्सल’ गर्नुपर्ने उनको मत छ। 

तर, अब पालिकाहरूलाई भने लक्षित समूह पहिचान गर्ने र तथ्यांक अध्यावधिक गर्न सरकारले सक्षम बनाउनुपर्ने उनको भनाइ छ। 

यस्ता छन् सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका मुख्य कार्यक्रमहरू:

–    निजी क्षेत्रलाई उत्पादनमुलक उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने
–    कृषिमा सूचना प्रविधिको व्यापक प्रयोग 
–    पूँजी बजारका नियामक निकायलाई सवल बनाउने
–    पूँजीबजारलाई उत्पादनमुलक उद्योगसँग जोडिने
–    सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यममा रुपान्तरण गरिने
–    उत्पादनमुलुक क्षेत्रमा कर्जा सहज बनाइने
–    कर प्रणालीलाई पुनरावलोकन गरिने
–    संक्रमणकालीन न्याय टुंग्याउन कानुनी सुधार गरिने 
–    नागरिकता विधेयक छिट्टै टुंग्याइने
–    विस्फोटक पदार्थ तथा गोलीगठ्ठा उत्पादनमा आत्मनिर्भर बनाइने
–    बुढीगण्डकी जलायशयुक्त आयोजना नेपालकै लगानीमा बनाइने 
–    देउवाको गृहजिल्लामा मेडिकल कलेज निर्माण गर्ने
–    खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिने
–    गैंडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने
–    स्कूलदेखि स्नातकसम्म प्राविधिक शिक्षाको पाठ्यक्रम राखिने
–    प्रदेशस्तरमा आवासीय विद्यालयको व्यवस्था गरिने
–    दिवा खाजालाई कक्षा ८ सम्म व्यवस्था गरिने
–    सरकारले नेपालको आफ्नै स्याटलाइट सञ्चालन गर्ने
–    देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने
–    उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने
–    विद्युतीय स्मार्ट मिटर जडान कार्यलाई विस्तार गरिने
–    नेपाली औषधि उत्पादन क्षमतामा बृद्धि गरिने
–    पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई दिने
–    विद्युतीय सवारीको चार्जिङ स्टेशन निर्माणमा प्राथामिकता दिइने
–    सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने
–    एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने
–    चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार हुने
–    उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने घोषणा
–    नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा
–    सार्वजनिक संस्थान सुधार गर्ने, सुधारको सम्भव नभए खारेज गरिने
–    त्रिभुवन विमानस्थलदेखि माइतीघरसम्म युटिलिटी करिडोर बनाइने
–    एक घर, एक धारा को अवधारणा ल्याइने
–    घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय बनाउने
–    विकाससम्बन्धी छुट्टै कानुन बनाउने
–    सवारी चालक अनुमति पत्र सबै प्रदेशबाट वितरण गर्ने व्यवस्था मिलाइने
–    पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित बनाइने
–    आर्थिक वर्ष २०८०/०८१ देखि सुरु गर्नेगरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लगानी र ढाँचा टुङ्गो लगाइने
–    योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नगरिने
–    उत्पादनमूलक उद्योगलाई बिजुली महसुलमा छुट दिने
–    दुई वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने
–    सिँचाईमा खपत हुने विद्युत्मा थप सहुलियत प्रदान गरिने
–    कृषिलाई आर्थिक वृद्धिको बलियो आधार बनाइने
–    प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरिने
–    स्टार्टअप व्यवसाय स्थापना तथा सञ्चालमा सहजीकरण गरिने
–    मालपोत र नापी सेवा अनलाइनबाटै
–    विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था गरिने
–    प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
युरोपेली आयोगद्वारा नेपाललाई २० लाख यूरो मानवीय सहायता घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानव... शुक्रबार, भदौ १२, २०८३
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजु... शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि आर्या फार्माल्यावको ८२ लाख ५१ हजार रुपैयाँ बराबरको औषधि सहयोग विपद्का कारण प्रभावित नागरिक तथा परिवारको उद्धार, राहत र स्वास्थ्य उपचारमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले विभिन्न प्रका... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्