काठमाडौं– चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक (कोअर्डिनेटर)ले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिँदै कारबाही प्रक्रिया अघि बढाउने तयारी सुरु गरेको छ।
पीडित भनिएका छात्राका अभिभावकलाई समेत प्रहरीले घटनाबारे जानकारी गराएर प्रहरी वृत्त गौशालामा आउन आग्रह गरिसकेको छ।
पीडित भनिएकी विद्यार्थीको अभिभावक आएपछि जाहेरी लिएर कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले जानकारी दिए।
कक्षा ११ मा बढ्ने एक छात्रालाई कलेजका एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित छन्। विद्यार्थीले आरोप लगाएका शिक्षकलाई पनि प्रहरीले आफ्नो निगरानीमा राखेको छ।
‘जाहेरी लिइसकेपछि भर्बल दुर्व्यवहार होकी फिजिकल हो भन्ने अनुसन्धान हुन्छ। दुर्व्यवहार भन्ने मात्रै आइरहेको छ’, एक प्रहरी अधिकारीले भने।
सम्बन्धित समाचार :
चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।