सिरहा– सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छ्न। श्रेष्ठले सात हजार ९०८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का देवनाथ साहले पाँच हजार ७०१ मत ल्याए।
उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याइन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेशमकुमारी थापाले पाँच हजार ६४३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।