वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह विजयी भएका छन्। उनले ४६ हजार २१५ मत प्राप्त गरे।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त परे। सरावगी महानगरका निवर्तमान मेयर हुन्। विजय र राजेशमानबीच २२ हजार ५४४ मतान्तर रह्यो।
यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भए। उनले २५ हजार १५८ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गरे।
वीरगञ्जमा एमाले र लोसपा तथा सत्ता गठबन्धनको चुनावी तालमेल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।