काठमाडौं– रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।
नगर प्रमुखमा एकीकृत समाजवादीका प्रमुख प्रदीप कुमार यादव निर्वाचित भए। उनले ४ हजार ८१० मत पाए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजीव रंजन यादले ४ हजार ६२४ मत पाए।
यस्तै, उपप्रखुमा एकीकृत समाजवादीकै प्रमिला देवी निर्वाचित भइन्। उनले ४ हजार ८९४ मत पाइन् भने उनकी निकटतम प्रतिस्पर्धी जसपाकी शीमा नेसाले ४ हजार ४८१ मत पाइन्।
बौधीमाई नगरपालिकामा एकीकृत समाजवादीले तीन वडा जितेको छ। जसपाले तीन, कांग्रेसले दुई र एमालेले एक वडाध्यक्ष जितेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एकीकृत समाजवादीले एक्लै प्रतिस्पर्धा गरेको थियो। उसले चार नगरपालिकामा प्रमुख, उपप्रमुख जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।