झापा– मेचीनगर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे।
यसैगरी, उपप्रमुख पनि एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नम्बर ६, ८ र १५ मा कांग्रेस र वडा नम्बर १४ मा माओवादी केन्द्र विजयी बनेको छ।
झापाका सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।