काठमाडौं– नेपालमा बीवाईडीका बिजुली गाडी बिक्री गर्दै आएको साइमेक्स इन्क प्रालिले सद्भावना दूतमा कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ।
नेपालमा बीवाईडीको एक मात्र आधिकारिक वितरक रहेको कम्पनी र कलाकार आचार्यबीच नेपालमा बिजुली गाडी प्रवर्द्धन गर्ने सम्झौता भएको हो। कम्पनीकी एमडी यमुना श्रेष्ठ र कलाकार आचार्यले उक्त सम्झौता पत्रमा हस्तार गरेका हुन् ।
सद्भावना दूत बनेपछि आचार्यले परम्परागत इन्धन पृथ्वीकै लागि खतरा भएकाले विद्युतीय सवारीसाधनतर्फ मोडिने बेला आइसकेको बताए। उनले कम्पनीसँग जोडिएर सडकमा बिजुली गाडीको संख्या बढाउन प्रयास गर्ने प्रतिबद्धता जनाए।
उनले जनसाधारणमाझ विद्युतीय गाडीका फाइदाहरुबारे जनचेतना विस्तारमा भूमिका खेल्नेछन्। आचार्यले गर्ने प्रचार–प्रसारले विद्युतीय गतिशीलता र यसका फाइदाहरूका बारेमा चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकहरूको विश्वास प्राप्त गरी मन जित्न उल्लेखनीय योगदान पुग्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।