काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयरका लागि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार उनले ५१ हजार ११२ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका विजय सुवेदीले ३८ हजार ९७२ मतसहित रेणुलाई पछ्याइरहेका छन्। उनीहरूबीच १२ हजार १४० मतान्तर छ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७०५ मत पाएका छन्।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५१ हजार ९०३ मत पाएका छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ३० हजार ३२६ मतसहित पछ्याइरहेकी छन्।
भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गर्दा एमाले र राप्रपाको पनि तालमेल छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।