काठमाडौं–काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्। उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ९०९ मतले अगाडि छन्।
राति पौने १० बजेसम्मको अपडेटअनुसार बालेनले ४८ हजार ८९ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले २९ हजार १ सय ८० मत प्राप्त गरेकी छन्। यस्तै एमालेका केशव स्थापित २८ हजार ३२६ मतसहित तेस्रो स्थानमा रहेका छन्।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार १०५ मत प्राप्त गरेका छन्।
हाल वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१ र २२ वडाको मतगणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।