वीरगञ्ज–मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सा वीरगञ्जको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटत्तम प्रतिद्वन्द्वीभन्दा १९ हजार ७१५ मतअन्तरले अग्रता लिएका छन्।
सिंहले ४० हजार १७२ मत ल्याउँदा एमाले उम्मेदवार विजयकुमार सरावगीले २० हजार ४५७ मत प्राप्त गरेका छन्।
महानगरपालिकामा हालसम्म ३२ मध्ये २० वडाको मात्र मतगणना भएको छ। महानगरपालिका नेतृत्वका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको थियो। एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।