काठमाडाैं-ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ। प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्य अग्रस्थानमा रहेका हुन्।
पछिल्लो विवरणअनुसार महर्जनले ३९ हजार १३१ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन्।
हालसम्म २२ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ। कूल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मंगलबारसम्म आउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।