• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कैलालीः नवनिर्वाचित जनप्रतिनिधिले सम्हाले जिम्मेवारी, कसको कस्तो प्रतिवद्धता?

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  २०:५३
1140x725

धनगढी- धनगढी उपमहानगरपालिकासहित कैलालीका १३ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।

सोमबार जिल्ला अदालतको सभाहलमा चार स्थानीय तहबाहेकका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

कैलालीका गोदावरी नगरपालिका, बर्दगोरिया, चुरे र कैलारी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले शुक्रबारनै कार्यभार सम्हालिसकेका थिए। सोमबार बाँकी स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको शपथ लिएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए।

पद तथा गोपनियताको शपथ लिए पनि कैलालीका केही पालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले पदभार भने गरेका छैनन्। कैलालीको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनियताको शपथ गरे पनि पदभार भने गरेका छैनन्। 

जानकी गाउँपालिकामा सोमबार पदभार ग्रहण गर्ने भनिए पनि हुन सकेको थिएन। सो गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पद तथा गोपनियताको शपथ गरे पनि मंगलबारदेखि कार्यभार सम्हाल्ने जनाइएको छ। 
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर थारुले पनि मंगलबार कार्यभार सम्हाल्ने बताए।

सोमबार सुदूरपश्चिम प्रदेशकै एकमात्र उपमहानगरपालिकामा स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख गोपाल हमालले पनि पद तथा गोपनियताको शपथ लिएका थिए। सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिएपछि उपमहानगरपालिकाको मेयरका रुपमा पद्भार सम्हालेका हुन्।

हमालले धार्मिक विधिअनुसार पूजापाठ र मन्त्रोच्चारण गर्दै पदभार सम्हालेका हुन्। पदभार सम्हाल्दा स्वस्तिवाचनसहित पूजा गरिएको थियो। 

हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाइ अघि बढ्ने प्रथम निर्णय गरेका छन्।
पदभार सम्हालेसँगै उनले प्रमुख प्रशाशकीय अधिकृत रामलाल श्रेष्ठले पेस गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन्।

nimb
nimb

‘...सीमित स्रोत–साधनलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७९/०८० देखि ०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारल रुपमा रहने) बनाइ कार्यान्वयनमा लैजाने...,’ सो निर्णयमा भनिएको छ।
हमालले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरे । आफूले प्राप्त गर्नुपर्ने सम्मान जति चुनावमा धगढीवासीले दिएको मतबाट गरिसकेको भन्दै अब आफूलाई काम गर्ने वातारण सिर्जना गरिदिन पनि उनले फेसबुकमार्फत आग्रह गेरका हुन्।

उनले लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हु“दा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’
यस्तै, लम्की चुहा नगरपालिकाकी नगर प्रमुख शुशिला शाहीले पदभारग्रहण गर्दै पार्टीको घोषणापत्र नविर्सिइ काम गर्ने बताएकी छिन्। ‘हामीले पहिलाकाले के गरे भन्ने तिर जा“दैनौ । हामीले के गर्ने भन्ने तिर लाग्ने हो’ उनले भनिन् –‘हामीले सुन्दर, समृद्ध, नगरपालिका हामीले बनाउने हो। यो नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिका बनाउने गरि काम गर्ने छौं।’

उनले भ्रष्टाचार मुक्त नगरपालिका नभएसम्म विकास सम्भव नहुने बताइन्। ‘नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने छु। मेरो जिम्मेवारी के हो म त्यही अनुसार काम गर्छु। यदि कोही कर्मचारीले भ्रष्टाचार गरेको थाहा पाए ठाउँका ठाउँ कारबाही गर्ने छु’ उनले भनिन्।

उनले नगरभित्र रहेका सामाजिक विकृति हटाउन पनि पहल गर्ने बताइन्। ‘यहाँका युवाहरु लागु औषधमा फसेका छन्, नगरपालिकालाई भ्रष्टाचारमुक्तसंगै लागुऔषधरहित नगरपालिका बनाउनेमा मेरो प्रयत्न रहनेछ’ उनले भनिन्।

उनले नगरपालिकामा छोरी जन्माउने आमालाई एक हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि लागु गर्ने बताइन्।

कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन्। सोमबार जिल्ला अदालत कैलालीमा मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूबाट पद तथा गोपनियताको शपथ लिएपछि घोडाघोडी नगरपालिकाको कार्यकक्षमा पुगेर पदभार सम्हालेका हुन्। उनी नगरपालिका पुग्दा कर्मचारीहरुले भव्य स्वागत गरेका थिए। रावतले आर्थिक वर्ष भित्रै भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रस्ताव सदर गर्दै पदभार सम्हालेका छन्।

खडक बहादुर रावत समक्ष प्रमुख प्रशासकीय दिपक कुमार आचार्यले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९ देखि लागु हुने गरी भूमि सम्बन्धी समस्या समाधान आयोग, लागत संकलन इकाईबाट भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासीहरुको लागत संकलन गर्ने कार्य सम्पन्न भई तथ्यांक प्रविष्ट कार्य भई रहेकाले उक्त कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी आवश्यक कार्य अगाडि बढाइने जनाइएको छ।

टीकापुर नगरपालिकाका रामप्रसाद डंगौरा थारुले पनि पदभार सम्हालेका छन्। सोमबार पद तथा गोपनियताको शपथ गरेसँगै उनले टीकापुरमा नगर प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

पदभार गर्दै उनले कार्यकक्षमा टीकापुर वैगचाको टीकापुर शहर बनाउने, चक्रपथको बाटो सञ्चालनमा ल्याउने र गुणस्तरिय शिक्षाका लागि नियमित अनुगमन गर्ने निर्णय गरेका छन्। पदभार पछि बोल्दै उनले नगरपालिकामा शिक्षा क्षेत्रका कर्मचारीहरुको लापरवाही रहेकाले विद्यालयमा १० बजेभित्र उपस्थित नहुने शिक्षकलाई विद्यालयमा निषेध गर्ने बताए। उनले भने –‘खाली ठाउँ जति पनि व्यक्तिको घरदेखि सार्वजनिक ठाउँमा विरुवा रोप्ने छौं।’
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
केरुङ विपत्तिको कारण नेपालतर्फको हिमनदी भत्किनु : चिनियाँ विदेश मन्त्रालय शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्