काठमाडौं- जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन्। उपमेयरमा भने कांग्रेसका किशोरी साह निर्वाचित भए।
साहले १३ हजार ४ सय ६५ मत प्राप्त गरेर मेयरमा निर्वाचित हुन्। उपमेयरमा किशोरी साह १५ हजार ५ सय २५ मतसहित विजय भएका हुन्।
वडा नम्बर १ वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव, २ मा कांग्रेसका शिवकुमार साह, ३ मा तमलोपाका दिपेन्द्र साह, ४ मा कांग्रेसका सुरेश झा, ५ मा एमालेका बेचन साह, ६ मा नेपाली कांग्रेसका दिनेश साह, २५ को वडाध्यक्षमा नेपाली कांग्रेसका चन्देश्वर साह, २४ को वडाध्यक्षमा नेकपा एमालेका उपेन्द्र सहनी, ७ को वडाध्यक्षमा कांग्रेसका निरज साह, २३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राघबेन्द्र प्रसाद साह, ८ को वडाध्यक्षमा नेकपा एमालेका दिनेश सिंह, २२ को वडाध्यक्षमा लोसपाका विमलेश मिश्र, ९ मा नेपाली कांग्रेसका परमेश्वर साह र २१ को वडाध्यक्षमा नेपाली कांग्रेसका राज नारायण साह विजयी भएका छन्।
यसैगरी वडा नम्बर १० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मिथिलेश कुमार कर्ण, २० को वडाध्यक्षमा नेकपा एमालेका मोती राइन कवारी, ११ को वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुनकुमार चौधरी, १९ को वडाध्यक्षमा नेकपा एमालेका विनोद कुमार साह, १२ को वडाध्यक्षमा नेकपा एमालेका महेन्द्र साह तेली, १८ को वडाध्यक्षमा नेकपा एमालेका लक्ष्मेश्वर मण्डल केवट, १७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम वृक्ष यादव, १३ मा नेपाली कांग्रेसका जीतबहादुर राउत, १६ को वडाध्यक्षमा कांग्रेसका रामचन्द्र पजियार , १४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका पुण्यप्रताप यादव र १५ को वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सन्तोषकुमार साह निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।