• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

लुम्बिनी प्रदेशका जिसस : सात जिल्लामा एकल दलको बहुमत, पाँच वटामा गठबन्धन आवश्यक

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १९:१०
1140x725

काठमाडौं– लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात वटामा जिल्ला समन्वय समिति (जिसस) बनाउन एकल दलको बहुमत पुग्ने भएको छ। बाँकी पाँच जिल्लामा भने दलहरूले गठबन्धन गरेर वा सहमतिमा मात्र जिसस बनाउन सक्छन्।

कांग्रेसले सबैभन्दा धेरै तीन जिल्लामा बहुमत कायम गरेको छ। एमाले र माओवादी केन्द्रले दुई–दुई जिल्लामा बहुमत हासिल गरेका छन्।

प्रदेशका १०९ पालिकामध्ये अझै चार पालिकाको स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छैन। मतगणना जारी रहेका पालिकामा रुपन्देहीको कोटहीमाई गाउँपालिका र तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका तथा दाङको तुलसीपुर उपमहानगरपालिका छन्। 

पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा जिसस गठनको रस्साकस्सी सुरु भएको छ। जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ। जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ। पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बसिसक्नु पर्छ। उक्त सभाले जिसस गठन गर्छ। 

जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढिमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने छ। 

पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ। यसको आधारमा लुम्बिनी प्रदेशका १२ जिल्लामा पार्टीहरूले जिसस प्रमुखमा आफ्नो एकल वा गठबन्धन गरेर पद बाँडफाड गर्न सक्छन्।

बर्दिया– कुल मतभार १६
कांग्रेस–५/प्रमुख र ४/उपप्रमुख
एमाले– १/प्रमुख र ३/उपप्रमुख
माओवादी केन्द्र– २/प्रमुख र १/उपप्रमुख

कुलमत भार १६ मा कांग्रेसको जम्मा ९ मतभार रहेकोले बहुमत पुग्ने भएकोले जिसस एकल गठन गर्न सक्ने। 

Ncell 2
Ncell 2
nimb
nimb

प्यूठान– कुल मतभार १८
कांग्रेस– ३/प्रमुख र ४/उपप्रमुख
एमाले– २/प्रमुख र २/उपप्रमुख
माआवादी केन्द्र– ३/प्रमुख र १/उपप्रमुख
जानमोर्चा– १/प्रमुख र २/उपप्रमुख

बहुमत पुर्‍याउन १० मत चाहिने हुँदा तालमेल गर्नुपर्ने हुन्छ। 

रोल्पा– कुल मतभार २०
कांग्रेस– २/प्रमुख र ३/उपप्रमुख
एमाले– १/प्रमुख
माओवादी केन्द्र– ७/प्रमुख र ७/उपप्रमुख

माओवादी केन्द्रको कुल मत १४ रहेकोले उक्त पार्टीले एकल जिसस गठन गर्न सक्ने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दाङ– कुल मतभार २०
कांग्रेस– ५/प्रमुख र ७/उपप्रमुख
एमाले– १/प्रमुख र २/उपप्रमुख
माओवादी केन्द्र– ३/प्रमुख

तुलसीपुर उपमहानगरपालिकाको अन्तिम परिणाम बाँकी रहेको छ। उक्त उपमहानगरको मतपरिणाम नआउँदै कांग्रेसले एकल रुपमा जिसस गठन गर्न सक्ने अवस्था छ। कांग्रेसको कुल मतभार १२ रहेकोले स्पष्ट बहुमत पुगेको छ।

बाँके– कुल मतभार १६ 
कांग्रेस– ६/प्रमुख र ५/उपप्रमुख
माआवादी केन्द्र– १/प्रमुख र १/उपप्रमुख
जसपा– १/प्रमुख र २/उपप्रमुख

कांग्रेसको ११ मतसहित स्पष्ट बहुमत रहेकोले बाँकेमा जिसस कांग्रेसले एकल रुपमा गठन गर्न सक्नेछ। 

नवलपरासी(पश्चिम)– कुल मतभार १४
कांग्रेस–३/प्रमुख र ३/उपप्रमुख
एमाले– ३/प्रमुख र २/उपप्रमुख
माओवादी केन्द्र– १/प्रमुख र १/उपप्रमुख
राप्रपा– ०/प्रमुख र १/उपप्रमुख

बहुमतको लागी ८ मत आवश्यक रहने भएकोले कुनै एकल पार्टीको बहुमत नपुगेकोले गठबन्धन गर्नुपर्ने हुन्छ। 

पूर्वी रुकुम– कुल मतभार ६
माओवादी केन्द्र– ३/प्रमुख र ३/उपप्रमुख

यो जिल्लाका सबै पालिका माओवादी केन्द्र विजयी भएकोले उसको एक माना जिसस गठन हुने निश्चित छ।

गुल्मी– कुल मतभार २४
कांग्रेस– ५/प्रमुख र ५/उपप्रमुख
एमाले– ३/प्रमुख र ७/उपप्रमुख
माओवादी केन्द्र– ४/प्रमुख मात्र

यो जिल्लामा कांग्रेस र एमालेको समान १० मत भार रहेकोले बहुमत पु¥याउन आवश्यक ३ मत पर्ने हुँदा गठबन्धन गर्नुपर्ने भएको छ।

पाल्पा– कुल मतभार २०
कांग्रेस– ३/प्रमुख र ४/उपप्रमुख
एमाले– ६/प्रमुख र ५/उपप्रमुख
माओवादी केन्द्र– १/प्रमुख र १/उपप्रमुख

एमालेको कुल मत १२ रहेकोले स्पष्ट बहुमत छ। जिसस एमालेले गठन गर्नेछ।

अर्घाखाँची– कुल मतभार १२
कांग्रेस– २/प्रमुख मात्र
एमाले– ३/प्रमुख र ५/उपप्रमुख
राष्ट्रिय जनमोर्चा– १/प्रमुख मात्र
माओवादी केन्द्र– १/उपप्रमुख

एमालेको ८ मतभार सहित स्पष्ट बहुमत रहेकोले जिसस गठन गर्नेछ।

रुपन्देही– कुल मतभार ३२
कांग्रेस– ९/प्रमुख र ४/उपप्रमुख
एमाले– ३/प्रमुख र ७/उपप्रमुख
जनता प्रगतिशिल पार्टी– १/प्रमुख र १/उपप्रमुख
जसपा– १/प्रमुख मात्र 
लोसपा– १/उपप्रमुख मात्र
राप्रपा– १/उपप्रमुख मात्र

तिलोत्तमा र कोटहीमाईको मतपरिणाम आइसकेको छैन। त्यहाँको नतिजाले समीकरणमा परिवर्तन ल्याउन सक्छ। तर, अहिलेसम्मको परिणामले १७ मत ल्याएर बहुमत कसैको नपुग्ने भएकोले गठबन्धन गर्नु पर्नेछ।

कपिलवस्तु– कुल मतभार २०
कांग्रेस– ३/प्रमुख र ३/उपप्रमुख
एमाले– ३/प्रमुख र ४ उपप्रमुख
जसपा– १/प्रमुख र  १/उपप्रमुख
राप्रपा– १/प्रमुख मात्र
लोसपा– १/प्रमुख मात्र
माओवादी केन्द्र– १/उपप्रमुख मात्र

महाराजगञ्ज नगरपालिकाको मतपरिणाम आउन बाँकी छ। यो जिल्लामा गठबन्धन गर्नु पर्ने हुन्छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्