काठमाडौं– हालसम्म ७२६ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ७५३ स्थानीय तहमध्ये पाँच महानगरसहित केही पालिकाकहरूमा मतणना चलिरहेको छ।
मतगणना चलिरहेको स्थानीय तहमा कांग्रेसले ४, एमालेले १०, माओवादी केन्द्र २, जसपा २, एकीकृत समाजवादी २, लोसपा ३ र अन्यले २ स्थानमा अग्रता लिएका छन्। मतगणना चलिहरेको काठमााडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेले अग्रता लिएको छ।
त्यस्तै, ललितपुरमा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएको छ। भरतपुरमा माओवादी केन्द्रले प्रमुखमा र उपप्रमुखमा नेपाली कांग्रेस, पोखरामा प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा एमाले, वीरगञ्जमा प्रमुखमा जनता समाजवादी पार्टी र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमाले र धनुषाको जनकपुरधाम उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। अछामको साफेबगर नगरपालिमा कांग्रेसको अग्रता लिइरहेको छ भने झापाको मेचीनगरमा एमालेको अग्रता छ।
कपिलवस्तुको महाराजगञ्जमा कांग्रेसको अग्रता छ भने सिरहाको गोलबजार नगरपालिकामा एमालेको अग्रता छ। त्यस्तै, रौतहटको बृन्दावन नगरपालिका नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ भने रौतहटको गढीमाई नगरपालिकामा जसपाको अग्रता।
रौतहटकै गरुडा नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको अग्रता छ। बाराको पचरौता नगरपालिकामा लोसपाको अग्रता छ भने रुपन्देहीको कोटहीमाई नगरपालिकामा पनि लोसपाकै अग्रता छ। रुपन्देहीको तिलोत्तमाको प्रमुख कांग्रेस उपप्रमुख एमालेले अग्रता लिएको छ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता छ। रौतहटको देवाही नगरपालिका एमालेको अग्रता छ भने रौतहटकै फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र एमालेले उपप्रमुखमा अग्रता लिइरहेका छन्।
त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका जसपाले अग्रता लिइरहेको छ। बाजुराको बूढीगंगामा मत गणना नै हुन सकेको छैन। उक्त क्षेत्रमा पुन: मतदान हुनुपर्ने माग नेपाली कांग्रेस र एमाले दुवैले गरेका छन्। यो विवादपछि आयोगले पुनः मतदान गर्ने वा मतगणना गर्ने विषय टुंगो लगाउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।