• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आगामी आवको बजेट सिलिङ : स्वाथ्यको सबैभन्दा धेरै साढे २२ अर्ब घटाइयो, संघीय मन्त्रालयको १५ अर्ब बढ्यो

64x64
सुमित्रा कार्की सोमबार, जेठ ९, २०७९  २१:०८
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न मन्त्रालयको बजेट सिलिङ बनाएको छ। केही मन्त्रालयको बजेट सिलिङ चालु आव २०७८/७९ भन्दा बढाइएको छ भने केहीको घटाइएको छ। सबैभन्दा धेरै बजेट स्वास्थ्य मन्त्रालयको घट्ने भएको छ।

विभिन्न मन्त्रालयले पेस गरेको योजनाहरु काँटछाँट गरेर बजेट सिलिङ तोकिएको अर्थ मन्त्रालयएका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। ‘सबै मन्त्रालयले आ–आफ्नो योजनासहित सम्भावित बजेटको आकार पठाएका थिए। मन्त्रालयबाट प्राप्त योजनाहरुको प्राथमकिता हेरेर काँटछाँट गरी सिलिङ तोकिएको छ,' ती अधिकारीले भने, 'केही मन्त्रालयको बजेट चालु आर्थिक वर्षको तुलनामा बढेको छ भने केहीको घटेको छ।'

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि संघीय संसद्‌मा जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दैछ।

यी हुन् बजेट सिलिङ घटाइएका मन्त्रालय
आगामी आर्थिक वर्षका लागि बजेट कटौती हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि छ। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चालु आवको बजेटमा २२ अर्ब ६० करोड दुई लाख रुपैयाँले घटाएर आगामी आर्थिक वर्षका लागि सिलिङ तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवका लागि ९० अर्ब ७५ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष ६८ अर्ब १५ करोड ४३ लाख रुपैयाँ बराबरको सिलिङ तोकिएको छ। यद्यपि, बजेट सार्वजनिक गर्ने बेलासम्म यो मन्त्रालयको बजेट अझै घटबढ हुनसक्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन्।

आगामी आर्थिक वर्ष पर्यटनतर्फको बजेट पनि कटौती गर्न लागिएको छ। पर्यटन क्षेत्रको बजेट १ अर्ब ६९ करोड ७७ लाख रुपैयाँले घटाइएको छ। चालु आवमा २६ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको लागि २४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ बराबर बजेट सिलिङ तयार गरिएको छ। 

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट पनि घटाएर सिलिङ तोकिएको छ। उद्योगतर्फको बजेट चालु आवको भन्दा ३६ करोड २४ लाख रुपैयाँले घटाइएको छ। यो मन्त्रालयले चालु आवमा ७ अर्ब ७८ करोड १६ लाख रुपैयाँ बराबरको बजेट पाएको यस क्षेत्रले आगामी आर्थिक वर्षको लागि सात अर्ब ४१ करोड ९२ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ। 

वाणिज्यतर्फको बजेट पनि ३२ अर्ब ७३ करोड ९४ लाख रुपैयाँले घटाइएको योजना आयोगले जानकारी दिएको छ। चालु आवमा ३५ अर्ब ३४ करोड एक लाख रुपैयाँ बजेट पाएको यस क्षेत्रले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ७ लाखको मात्र बजेट सिलिङ पाएको छ। 

nimb
nimb

यस्तै, पुन:निर्माणको बजेट पनि कटौती गरिएको छ। चालु आवमा ३५ अर्ब ५५ करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको लागि कति बजेट बिनियोजन गर्ने भनेर तोकिसिकएको छैन। पुन:निर्माण प्राधिकरणका योजनाहरु सम्बन्धित मन्त्रालय र विभागहरुमा हस्तान्तरण भइसकेकाले अब छुट्टै सिलिङ तोक्नेभन्दा पनि सम्बन्धित मन्त्रालयलाई नै बजेट तोकिने अर्थ मन्त्रालयका अधिकारीको भनाइ छ। 

जल शीर्षकमा १ अर्ब १२ करोड ५९ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा १० करोड ११ लाख रुपैयाँले कम हो। चालु आवमा सरकारले यस क्षेत्रमा १ अर्ब २२ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

कुन मन्त्रालयको कति बजेट बढ्दैछ?
सरकारले आगामी आर्थिक वर्षका लागि खानेपानी, कृषि, जलश्रोत, शिक्षा, अर्थ, रक्षा, सहरी विकास, संघीय मामिला, सिँचाइ, वन, सञ्चार, परराष्ट्र, भूमि व्यवस्था, श्रम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, खेलकुद, जल, महिला तथा बालबालिका, गरिविनिवारण र कानुन  मन्त्रालयको बजेटको सिलिङ बढाएको छ। 

आगामी आर्थिक वर्षका लागि संघीय मामिला मन्त्रालयलाई सबैभन्दा धेरै बजेट सिलिङ बढाइएको छ। आगामी आर्थिक वर्षको लागि यो मन्त्रालयका लागि ३४ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सिलिङ तयार छ। यो सिलिङ चालु आवको भन्दा १४ अर्ब ८० करोड ६७ लाख रुपैयाँ धेरै हो। चालु आवमा २० अर्ब ३ करोड ६७ लाख रुपैयाँ बजेट छ।

आगामी आर्थिक वर्षको बजेटमा महिला तथा बालबालिका मन्त्रालयका लागि ९५ करोड १३ लाख रुपैयाँको सिलिङ बनाइएको छ। महिला तथा बालबाबलिका क्षेत्रमा चालु आवको भन्दा ४ करोड ३४ लाख रुपैयाँ बजेट बढाइएको हो। चालु आवका लागि यस क्षेत्रमा ९० करोड ९७ लाख रुपैयाँ छुट्याइएको थियो। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत कानुन शीर्षकमा ९ करोड ६ लाख रुपैयाँ बजेट बढ्ने भएको छ। चालु आवको लागि ५१ करोड ५६ लाख रुपैयाँ तोकिएकोमा आगामी आर्थिक वर्षको लागि ५३ करोड ७६ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। 

यस्तै, उर्जाको लागि चालु आवको भन्दा ६ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बढी बजेट सिलिङ बनाइएको छ। चालु आवमा ८८ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको यस क्षेत्रमा आगामी आवको लागि ९५  अर्ब २६ करोड ८८ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। 

कृषि क्षेत्रमा ४० अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ छ। यो सिलिङ चालु आवको भन्दा ३ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ धेरै हो। चालु आवमा सरकारले कृषि क्षेत्रको लागि ३६ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ। 

सहरी विकासका लागि आगामी आर्थिक वर्षको लागि ३६ अर्ब ६८ करोड ८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ बनेको छ। यो सिलिङ चालु आवको भन्दा ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ धेरै हो। चालु आवमा ३३ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

चालु आवमा शिक्षा क्षेत्रको लागि ६० अर्ब १० करोड ६७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि ६९ अर्ब २ करोड २० लाख रुपैयाँको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ धेरै हो। 

रक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५३ अर्ब २४ करोड ९५ लाख रुपैयाँ बटेज सिलिङ तयार पारिएको छ। यो सिलिङ चालु आवको भन्दा २ अर्ब २० करोड ५५ लाख रुपैयाँ धेरै हो। चालु आवमा ५१ अर्ब ४ लाख ४० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। 

खानेपानी मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ५२ अर्ब ६८ करोड ६ लाख रुपैयाँ बराबरको सिलिङ तयार छ। यो बजेट सिलिङ चालु आवको भन्दा १३ अर्ब ४५ करोड रुपैयाँ धेरै हो। चालु आवमा ३९ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको बजेट थियो। 

सिँचाई मन्त्रालयका लागि २९ अर्ब १५ करोड ७९ लाख रुपैयाँ बराबरको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ धेरै हो। चालु आवमा २० अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

वन मन्त्रालयको लागि १२ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवमा भन्दा २८ करोड ८९ लाख रुपैयाँ धेरै हो। भूमी व्यवस्था मन्त्रालयको लागि ७ अर्ब ३४ करोड १९ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा २० करोड २१ लाख रुपैयाँ धेरै हो।

सञ्चार मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ८ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ तयार पारिएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा ७२ करोड ३९ लाख रुपैयाँले धेरै हो। परराष्ट्र मन्त्रालयको लागि ८ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ धेरै हो।

आगामी आवको लागि श्रम मन्त्रालयलाई ६ अर्ब ९४ करोड ८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८५ करोड ४७ लाख रुपैयाँ धेरै हो। त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यलयको लागि चार अर्ब १७ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिँदैछ। यो बजेट चालु आवको भन्दा १८ करोड १३ लाख रुपैयाँ धेरै हो।

खेलकुद मन्त्रालयको लागि आगामी आर्थिक वर्षलाई २ अर्ब ६० करोड ७ लाख रुपैयाँ बराबरको बजेट सिलिङ बनेको छ। यो बजेट सिलिङ चालु आवको भन्दा ४१ करोड ७० लाख रुपैयाँले धेरै हो। चालु आवमा दुई अर्ब १९ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा... शनिबार, भदौ १३, २०८३
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो। शनिबार, भदौ १३, २०८३
युरोपेली आयोगद्वारा नेपाललाई २० लाख यूरो मानवीय सहायता घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानव... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
५ वटा जिल्लाका विभिन्न स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय शनिबार, भदौ १३, २०८३
भारतीय कांग्रेस नेता थरुर र लामिछानेबीच भेट शनिबार, भदौ १३, २०८३
बाढी पीडितका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले दियो १० लाख रुपैयाँ शनिबार, भदौ १३, २०८३
काठमाडौं–मुग्लिन सडकखण्ड सञ्चालनमा, बैरेनीमा भने एकतर्फी यातायात शनिबार, भदौ १३, २०८३
रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्