• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कर्णालीको मुगुमा कांग्रेस र रुकुम पश्चिममा माओवादी केन्द्रको समन्वय समिति, अन्य आठ जिल्लामा अलमल

64x64
नेपाल लाइभ सोमबार, जेठ ९, २०७९  १३:१९
1140x725

काठमाडौं– कर्णालीका १० वटा जिल्लाका ७९ पालिकाको नतिजा घोषणा भएको छ। उक्त नतिजाका आधारमा जिल्ला समन्वय समिति गठन हुनेछन्। समन्वय समितिमा छानिने ९ जनाका लागि मतदाता भने पालिका प्रमुख र उपप्रमुखहरू हुन्छन्।

कर्णालीका १० जिल्लामध्ये मुगुमा नेपाली कांग्रेस र रुकुम पश्चिममा माओवादी केन्द्रले जिल्ला समन्वय समिति एकल रुपमा बनाउने देखिएको छ। अन्य पालिकामा बहुमत पुर्‍याउन दलहरुले तालमेल वा स्वतन्त्र जितेकाहरुको सहयोग लिनुपर्ने देखिएको छ। 

सल्यानमा अलमल
सल्यानमा १० स्थानीय तहमध्ये कांग्रेसले ५ पालिकामा प्रमुख जितेको छ। तीन पालिकामा भने उपप्रमुख जितेको छ। एमालेले कालिमाटी र छत्रेश्वरीमा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने कुमाखमा उपप्रमुख जितेको छ। 

यसैगरी माओवादीले पनि दार्मा र बनगाडमा प्रमुख जितेको छ भने कपुरकोट, सिद्ध कुमाख, दार्मा र बागचौरमा उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले भने कपुरकोट गाउँपालिकामा प्रमुख जितेको छ।

जिल्ला समन्वय समितिका लागि कांग्रेससँग ८,  एमालेसँग ५,  माओवादीसँग ५ र एकीकृत समाजवादीसँग एक मत छ। समन्वय समिति बनाउन ११ मत आवश्यक छ। त्यसकारण माओवादी वा एमालेसँग कांग्रेस मिल्ने वा अन्य तिनै दल मिलेर बनाउन सक्ने सम्भावना छ।

डोल्पामा तीन दल मिल्नुपर्ने अवस्था
डोल्पाका ८ पालिकामा दुई प्रमुख  र एक उपप्रमुख एकीकृत समाजवादीले जितेको छ। एमालेले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ भने कांग्रेसले एक प्रमुख र दुई उपप्रमुख जितेको छ। यसैगरी माओवादीले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ भने स्वतन्त्रले एक प्रमुख र एक उपप्रमुख जितेको छ। 

कसैको स्पष्ट बहुमत नभएका कारण तीन दल वा दुई दलले स्वतन्त्र मिलाएर यहाँ समन्वय समिति बनाउन सक्छन्। 

मुगुमा कांग्रेसको एकल बहुमत
मुगुमा चारवटा पालिका रहेका छन्। चार पालिकामध्ये कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ। माओवादीले एक प्रमुख, समाजवादीले एक प्रमुख र एमालेले एक उपप्रमुख जितेको छ। कांग्रेस एक्लैले समन्वय समिति बनाउने निश्चित छ।

Ncell 2
Ncell 2
nimb
nimb

जुम्लामा कांग्रेसलाई बागीको भर
जुम्लामा ८ पालिका छन्। ८ मध्ये कांग्रेसले चार प्रमुख र चार उपप्रमुख जितेको छ। माओवादीले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ। एकीकृत समाजवादीले एउटा उपप्रमुख जितेको छ भने एउटा प्रमुख स्वतन्त्रले जितेको छ। 

कांग्रेसले स्वतन्त्र वा एकीकृत समाजवादीमध्ये एक मिलाउँदा पुग्ने देखिन्छ तर माओवादीले सबै मिलाउँदा पनि बराबर हुन्छ। त्यसैमाथि स्वतन्त्र जितेका कांग्रेसकै बागी भएकाले कांग्रेसले नै समन्वय समिति बनाउने लगभग पक्का छ। 

कालिकोटमा माओवादीलाई दुई मत आवश्यक
कालिकोटका ९ वटा पालिकामा पाँचवटामा माओवादीले प्रमुख र तीनमा उपप्रमुख जितेको छ। कांग्रेसले दुई प्रमुख र एक उपप्रमुख, एमालेले चार उपप्रमुख, स्वतन्त्रले दुई उपप्रमुख र समाजवादीले एक प्रमुख जितेका छन्। माओवादी केन्द्रले एमाले वा स्वतन्त्रसँग मिलेर समन्वय समिति बनाउन सक्ने छ। 

हुम्लामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा
सातवटा स्थानीय तहको भएको हुम्लामा कांग्रेसले तीन प्रमुख,  तीन उपप्रमुख जितेको छ। माओवादीले तीन प्रमुख र तीनवटा उपप्रमुख जितेको छ। एउटामा स्वतन्त्रले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख जितेको छ। स्वतन्त्र र एकीकृत समाजवादीलाई मिलाउन सक्नेको समन्वय समिति हुनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जाजरकोटमा कांग्रेसको सम्भावना 
जजरकोटका सातवटा पालिकामा कांग्रेसले तीन पालिका प्रमुख र  चार उपप्रमुख जितेर ठूलो दल बनेको छ। तीन पालिका प्रमुख एमाले। एक प्रमुख र तीन उपप्रमुख माओवादीले जितेको छ।
 
कांग्रेसले जुनुसुकै दलसँग मिल्दा पनि बहुमत पुग्ने, तर माओवादी र एमाले मिल्दा बराबर हुने अवस्था छ। कांग्रेसको समन्वय समिति हुने लगभग पक्का छ तर कोसँग मिल्ने निर्क्योल पछि हुनेछ।

दैलेखमा ठूलो दल एमाले
यहाँ ११ वटा पालिकामा एमाले चार प्रमुख,  ६ उपप्रमुख सहित १० मत पु¥याएको छ। कांग्रेस ५ प्रमुख र ४ उपप्रमुख गरेर ९ मतसहित दोस्रो दल बनेको छ भने माओवादीले दुई प्रमुख र समाजवादी एक उपप्रमुख जितेका छन्।
 
सत्ता गठबन्धन कायम रहँदा एमाले ठूलो दल बनेर पनि समन्वय समिति बनाउन सक्ने अवस्था रहँदैन। 

सुर्खेतमा सत्ता गठबन्धनसँग एमाले बराबर
९ वटा पालिका रहेको सुर्खेतमा चार प्रमुख र पाँच उपप्रमुखसहित एमाले पहिलो दल बनेको छ। कांग्रेस चार प्रमुख र चार उपप्रमुख सहित दोस्रो दल हो भने माओवादीसँग एक प्रमुख छन्। 

सत्ता गठबन्धनसँग बराबर गरेको एमालेले माओवादीलाई फकाउन सक्दा समन्वय समिति सजिलै बनाउन सक्छ। तर कांग्रेस र माओवादी मिल्दा समेत बराबर मत हुन्छ। 

रुकुम पश्चिममा माओवादी
६ वटा पालिकामा चारवटामा प्रमुख जितेको माओवादीले पाँचवटा उपप्रमुख जितेको छ। कांग्रेसले दुईटा प्रमुख र समाजवादीले एउटा उपप्रमुख जितेको छ। 

एमाले शून्य रहेको यो जिल्लामा माओवादी स्पष्ट बहुमत भएकाले यहाँ समन्वय समिति माओवादीले नै बनाउने निश्चित देखिन्छ। 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्