• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

धनगढी उपमहानगर : गोपी हमालको लोकप्रियतामा थपिएको कांग्रेस नेता ओझामाथिको कारबाही

64x64
डिबी खड्का शनिबार, जेठ ७, २०७९  २०:०२
1140x725

काठमाडौं- धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपी (गोपाल) हमालले अप्रत्यासित मत हासिल गरिरहेका छन्। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका निवर्तमान प्रमुख नृपबहादुर वडसँग दोब्बरले मतले अग्रता लिइरहेका छन्। 

६३ हजार ७१५ मत मध्ये ५१ हजार ६५ मत गन्दा हमालले २४ हजार ५२९ पाएका छन्। वड उनीसँग दोब्बरले पछि परेका छन्। उनले १२ हजार ७ सय ३१ मत प्राप्त गरेका छन्। ९० प्रतिशत मत गणना भइसकेको अवस्थामा हमालको जित घोषणा हुनमात्रै बाँकी छ। 

२०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैले हमाललाई हराएको थियो। यसपल्ट गठबन्धनका सहयात्री दल थपिए। तर मत भने अनपेक्षित घटेको छ। २०७४ को निर्वाचनमा १४ हजार ३ सय २४ मत ल्याएका वडले यसपल्ट त्यति नै पुर्‍याउन समेत मुस्किल देखिएकाे छ। त्यतिबेला  ११ हजार ५ सय २७ मत प्राप्त गरेका हमालले दोब्बरभन्दा बढी मत थपेका छन्।

सुदूरपश्चिमका चर्चित व्यवसायी हमालको आफ्नै लोकप्रियता यो मतको एउटा कारण छँदैछ। त्यसबाहेक के कारण हुन सक्छन्? जसले गर्दा हमाल 'प्रतिष्पर्धी' विहीन विजेता बन्ने लयमा छन्। 

हमालको प्रभाव
सुरुमा हमालकै प्रभाव केलाउँ, जुन उनले गएको निर्वाचनमै प्रमाणित गरेका छन्। स्वतन्त्र रुपमा लड्दा वडसँग उनले दुई हजार ७ सय ९७ मतले हारेका हुन्। 

सुदूरपश्चिमका व्यवसायी हमालको 'दिनेश ग्रुप'मा विभिन्न प्रकारका व्यापार र व्यवसाय छन्। दिनेश यातायात,  दिनेश एग्रो, दिनेश होटल, दिनेश एफएम, दिनेशखबर र दिनेश मोटर्सजस्ता व्यापार छन्। दिनेशका दाइ र भाइहरुले पनि विभिन्न व्यवसायी यही नामबाट सम्हालेका छन्।  दिनेश कन्सर्न, दिनेश फोर ह्विल, दिनेश अटो मोटिभ्स, दिनेश मेटल, दिनेश पेन्ट्स, दिनेश कम्प्युटर्सजस्ता व्यवसाय यही समूहले सञ्चालन गरेको छ। 

व्यवसायसँगै सामाजिक काम उनले सुरुदेखि नै थालेका हुन्। २०४२ सालमा हमालको नेतृत्वमा ब्लड बैंक स्थापनाका लागि धनगढीका युवाहरुले नारायण गोपालको एकल साँझ गरेका थिए। हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको नाटक 'विज्ञापन'  देखाए। त्यसले उनलाई सामाजिक क्षेत्रमा सक्रिय बनायो।

आफ्नो व्यवसायलाई यही बीचमा उनले फैलाए। सँगै उद्योग वाणिज्य महासंघमा संगठित भएर त्यसको नेतृत्वसमेत गरे। उनी सुदूपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भए। 

nimb
nimb
Ncell 2
Ncell 2

२०६३ सालमा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष बनेका हमालकै नेतृत्वमा धनगढीको विकासका लागि एक रुपैयाँ अभियान चल्यो र 'सुन्दर सुदूरपश्चिम' अभियानको थालनी भयो। सुदूरपश्चिममा पुग्ने केन्द्रका प्रभावशाली नेतालाई त्यहाँका समस्या सम्झाउन मागका बुँदा बराबर तौल भएको माला लगाउन सुरु गरियो। २१ बुँदे मागसहित २१ किलोको माला देउवाले त्यही अभियानअन्तर्गत पाएका हुन्। 

सुदूरपश्चिमको आर्थिक र सांस्कृतिक विकासका लागि उनले उद्योग वाणिज्य महासंघकाे नेतृत्व गरिरहँदा हरेक वर्ष मंसिर २२ सुदूरपश्चिम महोत्सव थालियो। व्यवसायीमाझ पहिल्यै परिचित उनलाई त्यसले  सेलिब्रिटी र आमजनमाझ परिचित बनायो। 

ओझालाई कारबाही,  कांग्रेसलाई नै कठिन
पूर्वराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस कैलालीका लोकप्रिय नेता पुष्करनाथ ओझालाई २०७६ साल भदौमा कांग्रेसले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले  चुनाव हारेपछि असहयोग गरेको आरोपमा उनी कारबाहीमा परेका हुन्। 

संविधान सभाको निर्वाचनमा देउवा कैलाली ५ बाट पनि उठेका थिए। डडेलधुराबाट समेत विजयी उनले त्यहाँ छाडेपछि भएको उपनिर्वाचनमा ओझाले जिते। त्यसपछि उक्त क्षेत्रमा ओझाको स्वाभाविक दाबी रह्यो। तर, कांग्रेस राजनीतिमा सक्रिय भइरहेकी देउवा पत्नी आरजुले त्यही क्षेत्रमा आँखा लगाइन् र ओझाले २०७४ मा मौका पाएनन्। त्यही कारण असन्तुष्ट रहेर असहयोग गरेको आशंकामा उनलाई कारबाही गरियो। आरजुलाई त्यहाँ स्थापित गर्न ओझालाई पन्छाउने मौकाका रुपमा यसलाई प्रयोग गरियो। 

आरजु आफैंले उजुरी दिन नमिल्ने भएपछि अन्य तीन जना तयार पारियो। ओझाविरुद्ध उजुरी दिनेमध्ये तीनमध्ये एक वड पनि हुन्। उनलाई कारबाही गरिएपछि कांग्रेस कैलालीका नेताहरु विभाजित भएका थिए। ओझा गुटले छुट्टै भेला गरेर कारबाही फिर्ताको माग पनि गरेको थियो तर केन्द्रीय कमिटीले सुनुवाइ गरेन।

ओझालाई साथ दिनेमा महासमिति सदस्य आनन्दराज जोशी, तत्कालीन जिल्ला सचिव पूर्ण कुँवर, महाधिवेशन प्रतिनिधि बब्लु चौधरीलगायत थिए। चुनाव केही वर्ष पर नै भएका कारण त्यो समय उनीहरुले दिएको दबाबले नेतृत्वलाई छोएन। 

ओझाको कारबाहीले धनगढी उपमहानगरको हिसाब गडबड गर्नसक्ने संकेत देउवाले चुनावको संघारमा पाएका हुन्। चुनावको केही दिनअघि धनगढी पुगेका देउवाले ओझासँग भेटेर मिलाउने कोशिस गरेका हुन्। तर ओझाले देउवालाई भेट्न अस्वीकार गरे। धनगढीको राजनीति बुझेका उनले त्यो समय स्वतन्त्र उम्मेदवार हमाललाई रणनीतिक रुपमा सघाएको बुझिएको छ। 

आरजु रोक्न सक्रिय कांग्रेस-एमाले
कारबाही परेका ओझामात्रै होइन, कांग्रेसमै सक्रिय धनगढीका केही नेताहरुले समेत हमाललाई सघाइरहेको बुझिएको छ। उनीहरु प्रधानमन्त्री पत्नी आरजुलाई उक्त क्षेत्रमा आउन रोक्नका लागि सक्रिय छन्। 

कांग्रेस मात्रै होइन,  उक्त क्षेत्रमा आरजुलाई रोक्न नेकपा एमालेका नेताहरु पनि चाहन्छन्। गतवर्ष गठबन्धनका कारण विजयी भएका एमालेका नारदमुनि रानाका लागि सवैभन्दा चुनौतीपूर्ण प्रतिष्पर्धी आरजु बन्नेछिन्। 'फर्स्ट लेडी' आरजुले चुनाव जित्न कुनै कसुर बाँकी नराख्ने एमाले नेताहरुले बुझेका छन्। 

आरजुलाई उक्‍त क्षेत्रमा दोहोर्‍याएर लड्न मुस्किल पर्ने माहोल अहिलेदेखि नै बनाउने चाहना एमालेको पनि छ। आफ्नो उम्मेदवार नजित्ने विश्लेषण गरेरै चुनावमा होमिएको एमालेले पनि रणनीतिक रुपमा हमाललाई सघाएको देखिन्छ। 

एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३ सय ६८ मत पाएका छन्। जबकि एमालेकी उपमेयर उम्मेदवार कन्दकला कुमारी राना १२ हजार ५ सय ९४ मतसहित जिततर्फ उन्मुख छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले त घोषित रुपमै हमाललाई सघाएका छन्। जसले गर्दा हमाले यसपल्ट दोब्बर मतान्तरले निर्वतमान मेयरलाई पछार्ने तयारीमा छन्। 
धनगढीबाट शेरबहादुर ऐरको सहयोगमा
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्