• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

बाजुराको बुढीगंगा नगरपालिका : ९९ प्रतिशत मत खसाएको कांग्रेस नै किन गरिरहेको छ पुन: मतदानको माग?

64x64
नेपाल लाइभ शनिबार, जेठ ७, २०७९  १५:३२
1140x725

बाजुरा- वैशाख ३० गते भएको निर्वाचनको मत परिणाम नै अन्तिम चरणमा छ। बाजुराका अन्य पालिकाको स्थगित निर्वाचनसमेत भएर परिणाम आइसक्यो। तर, बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने वा पहिलेकै मत गणना हुने अन्योल कायम छ। 

बाजुरा भूगोल भएका कांग्रेस एमालेका 'ठूला नेता'ले साखको विषय बनाउँदा स्वतन्त्र मतदान हुन त सकेन नै। निर्वाचन आयोगले समेत निर्णय गर्न सकस परिरहेको छ। नेपाली कांग्रेसले पुन: मतदानको माग गरिरहेको छ भने नेकपा एमालेले मतदान भइसकेकाले गणना थाल्नुपर्ने अडान राखेको छ। 

शक्ति प्रदर्शनले उत्पन्न समस्या
विवादित बुढीगंगा नगरपालिका कांग्रेस र एमालेका 'ठूला नेता'हरुको गृहनगर हो। कांग्रेस नेता तथा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका महान्यायाधिवक्ता खम्मबहादुर खाती यही नगरबाट प्रतिनिधित्व गर्छन्। 

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह-इञ्चार्ज कर्ण थापा, केन्द्रीय सदस्य तथा सांसद लालबहादुर थापा र पूर्व प्रदेशमन्त्री प्रकाश शाहको मतदान केन्द्र यही नगरपालिकामा पर्छ। 

दुवै पक्षमा प्रभावशाली नेता भएका कारण गृहनगर जित्नैपर्ने दबाबका साथ उनीहरु चुनावअघिदेखि नै सक्रिय थिए। आ-आफ्ना निकटस्थ नेताहरुलाई टिकट दिलाउन समेत उनीहरुले कसरत गरे। महान्याधिवक्ता खातीका आफन्त तथा प्रदेशप्रमुख जोशीको देउवा गुटका नेता रंग खातीलाई मेयरको टिकट दिलाउने विषय कांग्रेसमा पेचिलो बन्यो। 

खातीका विरुद्धमा उठेका नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ एमाले नेताद्वय कर्ण र लालबहादुरका आफन्त नै हुन्। पार्टीका कारण मात्र नभइ गुट र आफन्तका कारण समेत जिताउनैपर्ने दबाबमा ठूला नेताहरु परे। 

त्यसको प्रतिछाँया निर्वाचनका दिन देखियो। कांग्रेस प्रभावशाली रहेको वडा नं ४ र ७ मा कांग्रेस कार्यकर्ता हाबी भए। उनीहरु एमालेका उम्मेदवार र मतदाता मात्रै लखेटेनन्, एउटै बुथमा ९९.४१ प्रतिशत मत खसाए। 

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा पनि आफू प्रभावशाली रहेका क्षेत्रमा 'एकलौटी' गर्ने प्रयास कांग्रेस र एमालेले गर्ने गरेका थिए। त्यही क्रम दोहोर्‍याउने क्रममा वडा नम्बर २, ३, ५ र ९ मा एमालेका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएर मतदान गरे। 

यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिने घटना मतदानकै समयमा भएपनि गम्भीरतापूर्वक लिइएन। कांग्रेसको सरकार भएका ककारण उक्त पार्टीका कार्यकर्ताले कब्जामा लिएको वडा नं ७ र ९ मा प्रहरीले सुरक्षा कायम राख्यो र एकपक्षीय मतदानको मुकदर्शक बन्यो तर एमालेले नियन्त्रणमा लिएर मतदान गरेको भनिएका २, ३, ५ र ९ मा प्रहरीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँड्यो। पालिकाका मुख्य निर्वाचन अधिकृतलाई एमालेले कब्जा गरेका बुथको मतपेटिका नबुझ्न दबाब दिँदै एकदिन नियन्त्रणमा राखियो। 

एमाले नेताहरुले बुझ्न र कांग्रेस नेताहरुले नबुझ्न दबाब दिएको भन्दै  निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले राजीनामा घोषणा गरे। उक्त पालिकामा निष्पक्ष निर्वाचन हुन नसकेको जानकारी माथिल्ला निकायमा गराए। त्यसपछि निर्वाचन आयोगले उक्ति पालिकाको मतगणना स्थगित गर्यो।

कांग्रेस नै किन भनिरहेको पुन: मतदान?
नेपाली कांग्रेसले नियन्त्रणमा लिएर मतदान गरेको आरोप लागेको वडा नं ४ स्थित थुमा मावि मतदानस्थलमा १ हजार ७ सय ९ मतदाता छन्। त्यसमध्ये १ हजार ६ सय ९९ मत खसाइएको छ। थुमामा जम्मा १० मत नखसेको हो। ९९ दशमल ४१ मत खस्नुले फर्जी मतदान प्रमाणित गर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कांग्रेसको प्रभाव क्षेत्र रहेको यो मतदान केन्द्रमा एमालेका पक्षमा एक तिहाइ भन्दा कम मत खस्ने विगतको तथ्यांक छ। यसैगरी वडा नम्बर ७ का एमालेबाट वडाध्यक्षका उम्मेदवार मन्नामे बिष्टलगायतले त्यहाँ लखेटिएको गुनासो गरेका छन्। मतदान सुरु भएको दुई घन्टामै त्यहाँ धाँधली सुरु भएको एमालेको आरोप छ। तर, यी मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीकै पहरामा गणनास्थलसम्म पुगे।

कांग्रेसको थुमा मतदान केन्द्र जस्तै एमालेको त्रिशक्ति मावि मतदान केन्द्रमा प्रभाव छ।  वडा ९ स्थित यो मतदान केन्द्रमा १ हजार ४ सय ८३ मतदाता संख्या छ। वैशाख ३० को निर्वाचनमा १ हजार ३ सय ४७ मत खसेको छ।

No description available.

९० दशमलव ८२ प्रतिशत मतदान पनि अपेक्षित होइन। त्यसबाहेक एमाले प्रभाव रहेका २, ३ र  ५ मा पनि धाँधली भएको कांग्रेसको आरोप छ। सुरक्षाकर्मीले मतपेटिका छाडेर हिँडेका थिए। त्यसकारण कांग्रेसले स्वतन्त्र रुपमा मतदान नभएको आरोप लगाएको छ। 

आफूले जम्मा दुई तर एमालेले चार बुथमा बढी मत खसाएको आशंका पछि कांग्रेस केन्द्रले नै पुन: मतदानको माग गरेको छ। 
'बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,' कांग्रेस एक हप्ता ढिलोगरी सार्वजनिक गरेको वक्तव्यमा भनिएकको छ।

कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएकोल नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ  र निश्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसको बुझाइ छ। 'निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घट्नामा संलग्न उपर कानून बमोजिम कडा कारबाहीको माग गर्दै, नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ,' कांग्रेसले भनेको छ।

त्यसअघि नेकपा एमालेले वैशाख ३० मै वक्तव्य जारी गरेर सरकारले निर्वाचन विथोल्न खोजेको आरोप लगाएको थियो। एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो,  'बाजुराको बुढीगंगामा मतदान जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाइ निर्वाचन विथोल्न खोजियो।'

आयोगको छानबिन तर अनिर्णित
बुढीगंगा नगरपालिकाको विवाद स्थानीयस्तरमै समाधान नभएपछि निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि गत   आइतबार निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोली बाजुरा पठायो। 

उक्त टोलीले सदरमुकाम मार्तडी आएर सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे जानकारी लियो। दोस्रो दिन बुढीगंगास्थित स्थलगत अध्ययन समेत गर्यो। उक्त टोलीले अध्ययन प्रतिवेदन आयोगमा बुझाइसकेको बताइएको छ। तर, आयोगले उपयुक्त निर्णय लिन भने अझै सकिरहेको छैन। 

पुन: मतदानको निर्णय गरिए एमाले उम्मेदवारले अदालतको ढोका ढक्ढक्याउने तयारी गरेका छन् भने त्यही मत गणना थालिए कांग्रेस उम्मेदवार अदालत जाने तयारीमा छन्।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने
फूलपाती भित्र्याइँदै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल शनिबार, असोज ३१, २०८३
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्