• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

संख्यात्मक प्रगतिमा रमाइरहेको कांग्रेसलाई गुणात्मक हानी

64x64
डिबी खड्का शुक्रबार, जेठ ६, २०७९  १८:१३
1140x725

काठमाडौं- नेपाली कांग्रेसले संख्यात्मक रुपमा यसपल्ट प्रगति गरेको छ। २०७४ सालको पहिलो दल एमाले भन्दा सयभन्दा बढी पालिका जितेर पहिलो हुने निश्चित छ। समाचार तयार पार्दासम्म कांग्रेसले २ सय ९३ पालिका प्रमुख जितेको छ भने ३१ मा अगाडि छ। एमालेले १ सय ८० पालिकामा जितेको छ भने २२ मा अगाडि छ।

संख्यात्मक प्रगतिमा रमाइरहेको कांग्रेसले गुणात्मक रुपमा भने हानी बेहोरेको छ। राजधानी रहेको काठमाडौंमा गठबन्धन गर्दा समेत तेस्रो दल बनिरहेको कांग्रेसले प्राप्त गरेका चार उपमहानगर गुमाउने संकेत देखिएका छन्।

कांग्रेसले पराजय बेहोरिरहेका ती पालिकाहरु संख्याका हिसाबले केही भए पनि सन्देशका हिसाबले महत्त्वपूर्ण रहेको लेखक तथा विश्लेषक केशव दाहाल बताउँछन्। उनी भन्छन्, 'देशको राजधानीको महानगरको पराजय सामान्य रुपमा लिइनुहुँदैन। त्यसैमाथि फर्स्ट लेडी (आरजु राणा देउवा)को निर्वाचन क्षेत्र रहेको धनगढी उपमहानगरपालिका समेत कांग्रेसले गुमाउँदैछ।'

महानगर र उपमहानगरमा हार
सत्ता गठबन्धनले ठूलै संघर्ष गरेर महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंग्याएका हुन्। कांग्रेसले आफूले जितेकाबाहेक थप काठमाडौं महानगरपालिका प्राप्त गरेको थियो। बाँकी ललितपुर र विराटनगर यसअघि जितेकै ठाउँ हुन्। तर, यसपल्ट भागमा परेको राजधानीसमेत रहेको काठमाडौं सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जोगाउन सकेन। समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले २८८६० मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले त्यसका आधा १४७९८ मतसहित तेस्रो नम्बरमा छिन्।

२०७४ सालमा उपमेयर जितेको कांग्रेसले गठबन्धनका कारण त्यो पहिल्यै गुमाइसकेको छ। जसले काठमाडौं महानगरलाई पकडबाहिर पुर्‍याएको छ।

धनगढी उपमहानगरपालिका कांग्रेसका लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो। देउवाको गृहप्रदेशको एक मात्र उपमहानगरपालिका हो। त्यसैमाथि कांग्रेस राजनीतिमा प्रभाव बढाउँदै लगेकी आरजु देउवा राणाको चुनाव क्षेत्र त्यही हो। तर, त्यहाँ कांग्रेस केन्द्रीय सदस्य समेत रहेकका निवर्तमान मेयर नृप वड स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा निकै पछि परेका छन्। समाचार तयार पार्दासम्म‍ ६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन्।

कांग्रेसकै भागमा परेको पूर्वको चर्चित उपमहानगर धरानमा समेत स्वतन्त्रले अग्रता बनाएका छन्। लामो संघर्षपछि धरानमा गाडेको विजयको झन्डा यति चाँडै उखेलिने एकरत्ति विश्वास कांग्रेसलाई थिएन। समाचार तयार पार्दाको समयसम्म धरान उपमहानगरको ३८ हजार ६५६ मतगणना भएको छ। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११ हजार ६८० मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले  १० हजार ५५८ मत प्राप्त गरेका छन्।

तराईमा कांग्रेस सदाबहार प्रभावशाली छ भने एमाले २०७४ सालको निर्वाचनमा निकै कमजोर देखिएको थियो। गत चुनावमा कांग्रेसले जितेको बाराको कलैया नगरपालिका यसपल्ट एमालेले जित्ने सम्भावना बढेको छ। समाचार तयार पार्दासम्म एमालेका विनोद प्रसाद साहले २२ हजार ९६ मत पाउँदा कांग्रेसका राजेश राय यादवले १६ हजार ८ सय ७६ मत मात्रै प्राप्त गरेका छन्।

Ncell 2
Ncell 2

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराही गठबन्धनका कारण माओवादीका भागमा परेको थियो तर एमालेले जित हासिल गरिसकेको छ। कांग्रेसको भागमा परेको तुलसीपुर उपमहानगरपालिकामा समेत एमालेको सम्भावना कायम छ। समाचार तयार पार्दासम्म गठबन्धनका तर्फबाट कांग्रस उम्मेदवार गेहेन्द्र गिरीभन्दा ५७ मतले एमालेका टीकाराम खड्का अघि छन्।

दाङको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ को २० हजार मत गणना हुँदा एमालेका टीकाराम खड्काले ८ हजार ७७२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका गेहेन्द्र गिरीले ८ हजार ७१५ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी स्यानी चौधरी चौधरीले ८ हजार १६० मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एसका जोगबहादुर रानाले ६ हजार ७३३ मत ल्याएका छन्।

पहिल्यै गुमेका पोखरा, भरतपुर र वीरगञ्ज
गठबन्धनका उम्मेदवारहरु वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा जितनजिक छन्। तर कांग्रेसले भने पहिल्यै गुमाइसकेको छ। धेरै नयाँ मतदाता थपिएका यी ठाउँका नयाँ मतदाताले रुखमा भोट हाल्न पाएनन् भने पुराना नेताहरु समेत असन्तुष्ट छन्। यसले एकातिर नयाँ मतदातालाई मुख्य पदमै रुख चिह्नमा मत दिनबाट वञ्चित गरायो भने पुराना कार्यकर्तालाई सोही चिह्नमा 'रिचार्ज' हुनबाट वञ्चित गरायो।

भरतपुरमा त कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेल बागी उठेका छन्। त्यही कारण पौडेललगायतका नेताकार्यकर्ता पार्टीबाट निष्काशित गरिएको छ। त्यसले कांग्रेसलाई दीर्घकालीन हानी हुने निश्चित छ।

कोइरालाको आधारभूमि मोरङमा कांग्रेस कमजोर
मोरङको विराटनगर महानगरको मेयरमा नागेश कोइरालाले अग्रता लिइरहेका छन्। १७ वटा पालिका भएको प्रदेश १ को यो जिल्लामा कांग्रेसले सन्तोष मान्ने ठाउँ यत्ति छ।

किनभने बाँकी धेरै ठाउँमा यसपल्ट कांग्रेस पराजित हुँदै गइरहेको छ। कांग्रेसका संस्थापक र प्रभावशाली नेताहरुको आधारभूमि मोरङमा कांग्रेस कमजोर बनेको छ। महानगरमै पनि अघिल्लो पटक जितेका वडा १, ३, १९ एमालेले जितेको छ। उपमेयरमा एमालेकी शिल्पा निराला कार्की गठबन्धनका अमरेन्द्र यादवसँग फराकिलो अग्रता बनाइरहेकी छिन्। यसले गर्दा महानगरमा एकलौटी गर्नबाट कांग्रेस वञ्चित हुने देखिन्छ।

यसअघि कांग्रेसले जितेका लेटाङ, उर्लावारी र केराबारी गाउँपालिका एमालेले जितिसकेको छ। कांग्रेसको बलियो प्रभाव रहँदै आएको सुनवर्षी नगरपालिका समेत यसपल्ट एमालेले जितेको छ। उक्त नगरपालिकाको वडा नम्बर ८ डाइनिया कांग्रेस नेता बीपी कोइरालाकै आधार क्षेत्र हो।

कांग्रेसले अघिल्ला पटक जितेको सुन्दर हरैंचामा कांग्रेसले माओवादीसँग गठबन्धन गरे पनि एमाले नै अघि देखिएको छ। एमालेका केदार गुरागाईंले १२ हजार २ सय १० पाउँदा कांग्रेसका शिवप्रसाद ढकालले १२ हजार १ सय ७६ मत पाएका छन्।

मोरङमा ठूलो दल एमाले बन्ने निश्चित भइसकेको छ। उसले पथरी शनिश्चरे  र बेलबारी जितिसकेको छ भने रंगेलीमा अगाडि छ।

देउवाको गृहजिल्लामा विद्रोही करुवा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रका प्रतिपक्षलाई जवाफ दिन्छन्- तपाईंहरुलाई नै जिताउन गठबन्धन आवश्यक छ। किनभने गृहजिल्ला डडेलधुरामा उनी निरन्तर जितिरहेका छन्। तर, यो स्थानीय तहको निर्वाचनपछि डडेलधुराको राजनीति देउवा अनुकूल नबन्ने निश्चित छ।

कुनै समय देउवाका दायाँ हात भनिएका कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल करुवा बोकेर हिँडेका छन्।  सफलता हासिल गर्न नसके पनि एमालेसँग तालमेल गरेर यसपल्ट कांग्रेसलाई चुनौती दिएका छन्।

कांग्रेसले कारबाही गरिसकेका उनले बिपी कांग्रेसबाट राजनीति अघि बढाएका छन्। आगामी संसदीय निर्वाचनमा देउवाको लागि टाउको दुखाई बन्ने स्थानीय तहको निर्वाचनमा करुवाले ल्याएको मतले दर्शाउँछ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
आफूहरुविरुद्ध गलत निर्णय भए प्रतिकार गर्न तयार रहन पार्टीपंक्तिलाई पूर्णबहादुर खड्काको निर्देशन शुक्रबार, माघ २, २०८२
सानेपाबाट पूर्णबहादुरको आपत्ति- विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
आधिकारिकता दाबी गर्न गगन पक्षका नेताहरू निर्वाचन आयोगमा शुक्रबार, माघ २, २०८२
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्