• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

संख्यात्मक प्रगतिमा रमाइरहेको कांग्रेसलाई गुणात्मक हानी

64x64
डिबी खड्का शुक्रबार, जेठ ६, २०७९  १८:१३
1140x725

काठमाडौं- नेपाली कांग्रेसले संख्यात्मक रुपमा यसपल्ट प्रगति गरेको छ। २०७४ सालको पहिलो दल एमाले भन्दा सयभन्दा बढी पालिका जितेर पहिलो हुने निश्चित छ। समाचार तयार पार्दासम्म कांग्रेसले २ सय ९३ पालिका प्रमुख जितेको छ भने ३१ मा अगाडि छ। एमालेले १ सय ८० पालिकामा जितेको छ भने २२ मा अगाडि छ।

संख्यात्मक प्रगतिमा रमाइरहेको कांग्रेसले गुणात्मक रुपमा भने हानी बेहोरेको छ। राजधानी रहेको काठमाडौंमा गठबन्धन गर्दा समेत तेस्रो दल बनिरहेको कांग्रेसले प्राप्त गरेका चार उपमहानगर गुमाउने संकेत देखिएका छन्।

कांग्रेसले पराजय बेहोरिरहेका ती पालिकाहरु संख्याका हिसाबले केही भए पनि सन्देशका हिसाबले महत्त्वपूर्ण रहेको लेखक तथा विश्लेषक केशव दाहाल बताउँछन्। उनी भन्छन्, 'देशको राजधानीको महानगरको पराजय सामान्य रुपमा लिइनुहुँदैन। त्यसैमाथि फर्स्ट लेडी (आरजु राणा देउवा)को निर्वाचन क्षेत्र रहेको धनगढी उपमहानगरपालिका समेत कांग्रेसले गुमाउँदैछ।'

महानगर र उपमहानगरमा हार
सत्ता गठबन्धनले ठूलै संघर्ष गरेर महानगर र उपमहानगरपालिकाको भागबन्डा टुंग्याएका हुन्। कांग्रेसले आफूले जितेकाबाहेक थप काठमाडौं महानगरपालिका प्राप्त गरेको थियो। बाँकी ललितपुर र विराटनगर यसअघि जितेकै ठाउँ हुन्। तर, यसपल्ट भागमा परेको राजधानीसमेत रहेको काठमाडौं सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जोगाउन सकेन। समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले २८८६० मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले त्यसका आधा १४७९८ मतसहित तेस्रो नम्बरमा छिन्।

२०७४ सालमा उपमेयर जितेको कांग्रेसले गठबन्धनका कारण त्यो पहिल्यै गुमाइसकेको छ। जसले काठमाडौं महानगरलाई पकडबाहिर पुर्‍याएको छ।

धनगढी उपमहानगरपालिका कांग्रेसका लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो। देउवाको गृहप्रदेशको एक मात्र उपमहानगरपालिका हो। त्यसैमाथि कांग्रेस राजनीतिमा प्रभाव बढाउँदै लगेकी आरजु देउवा राणाको चुनाव क्षेत्र त्यही हो। तर, त्यहाँ कांग्रेस केन्द्रीय सदस्य समेत रहेकका निवर्तमान मेयर नृप वड स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा निकै पछि परेका छन्। समाचार तयार पार्दासम्म‍ ६३ हजार ७१५ मत खसेको धनगढीमा ४४ हजार १०३ मत गन्दा हमालले २० हजार ६ मत पाएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ९ हजार ९२९ मतसहित हमाललाई पछ्याइरहेका छन्।

कांग्रेसकै भागमा परेको पूर्वको चर्चित उपमहानगर धरानमा समेत स्वतन्त्रले अग्रता बनाएका छन्। लामो संघर्षपछि धरानमा गाडेको विजयको झन्डा यति चाँडै उखेलिने एकरत्ति विश्वास कांग्रेसलाई थिएन। समाचार तयार पार्दाको समयसम्म धरान उपमहानगरको ३८ हजार ६५६ मतगणना भएको छ। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११ हजार ६८० मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले  १० हजार ५५८ मत प्राप्त गरेका छन्।

तराईमा कांग्रेस सदाबहार प्रभावशाली छ भने एमाले २०७४ सालको निर्वाचनमा निकै कमजोर देखिएको थियो। गत चुनावमा कांग्रेसले जितेको बाराको कलैया नगरपालिका यसपल्ट एमालेले जित्ने सम्भावना बढेको छ। समाचार तयार पार्दासम्म एमालेका विनोद प्रसाद साहले २२ हजार ९६ मत पाउँदा कांग्रेसका राजेश राय यादवले १६ हजार ८ सय ७६ मत मात्रै प्राप्त गरेका छन्।

nimb
nimb

लुम्बिनी प्रदेशको राजधानी दाङको घोराही गठबन्धनका कारण माओवादीका भागमा परेको थियो तर एमालेले जित हासिल गरिसकेको छ। कांग्रेसको भागमा परेको तुलसीपुर उपमहानगरपालिकामा समेत एमालेको सम्भावना कायम छ। समाचार तयार पार्दासम्म गठबन्धनका तर्फबाट कांग्रस उम्मेदवार गेहेन्द्र गिरीभन्दा ५७ मतले एमालेका टीकाराम खड्का अघि छन्।

दाङको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ को २० हजार मत गणना हुँदा एमालेका टीकाराम खड्काले ८ हजार ७७२ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी गठबन्धनका गेहेन्द्र गिरीले ८ हजार ७१५ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी स्यानी चौधरी चौधरीले ८ हजार १६० मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एसका जोगबहादुर रानाले ६ हजार ७३३ मत ल्याएका छन्।

पहिल्यै गुमेका पोखरा, भरतपुर र वीरगञ्ज
गठबन्धनका उम्मेदवारहरु वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा जितनजिक छन्। तर कांग्रेसले भने पहिल्यै गुमाइसकेको छ। धेरै नयाँ मतदाता थपिएका यी ठाउँका नयाँ मतदाताले रुखमा भोट हाल्न पाएनन् भने पुराना नेताहरु समेत असन्तुष्ट छन्। यसले एकातिर नयाँ मतदातालाई मुख्य पदमै रुख चिह्नमा मत दिनबाट वञ्चित गरायो भने पुराना कार्यकर्तालाई सोही चिह्नमा 'रिचार्ज' हुनबाट वञ्चित गरायो।

भरतपुरमा त कांग्रेसकै पुराना नेता जगन्नाथ पौडेल बागी उठेका छन्। त्यही कारण पौडेललगायतका नेताकार्यकर्ता पार्टीबाट निष्काशित गरिएको छ। त्यसले कांग्रेसलाई दीर्घकालीन हानी हुने निश्चित छ।

कोइरालाको आधारभूमि मोरङमा कांग्रेस कमजोर
मोरङको विराटनगर महानगरको मेयरमा नागेश कोइरालाले अग्रता लिइरहेका छन्। १७ वटा पालिका भएको प्रदेश १ को यो जिल्लामा कांग्रेसले सन्तोष मान्ने ठाउँ यत्ति छ।

किनभने बाँकी धेरै ठाउँमा यसपल्ट कांग्रेस पराजित हुँदै गइरहेको छ। कांग्रेसका संस्थापक र प्रभावशाली नेताहरुको आधारभूमि मोरङमा कांग्रेस कमजोर बनेको छ। महानगरमै पनि अघिल्लो पटक जितेका वडा १, ३, १९ एमालेले जितेको छ। उपमेयरमा एमालेकी शिल्पा निराला कार्की गठबन्धनका अमरेन्द्र यादवसँग फराकिलो अग्रता बनाइरहेकी छिन्। यसले गर्दा महानगरमा एकलौटी गर्नबाट कांग्रेस वञ्चित हुने देखिन्छ।

यसअघि कांग्रेसले जितेका लेटाङ, उर्लावारी र केराबारी गाउँपालिका एमालेले जितिसकेको छ। कांग्रेसको बलियो प्रभाव रहँदै आएको सुनवर्षी नगरपालिका समेत यसपल्ट एमालेले जितेको छ। उक्त नगरपालिकाको वडा नम्बर ८ डाइनिया कांग्रेस नेता बीपी कोइरालाकै आधार क्षेत्र हो।

कांग्रेसले अघिल्ला पटक जितेको सुन्दर हरैंचामा कांग्रेसले माओवादीसँग गठबन्धन गरे पनि एमाले नै अघि देखिएको छ। एमालेका केदार गुरागाईंले १२ हजार २ सय १० पाउँदा कांग्रेसका शिवप्रसाद ढकालले १२ हजार १ सय ७६ मत पाएका छन्।

मोरङमा ठूलो दल एमाले बन्ने निश्चित भइसकेको छ। उसले पथरी शनिश्चरे  र बेलबारी जितिसकेको छ भने रंगेलीमा अगाडि छ।

देउवाको गृहजिल्लामा विद्रोही करुवा
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रका प्रतिपक्षलाई जवाफ दिन्छन्- तपाईंहरुलाई नै जिताउन गठबन्धन आवश्यक छ। किनभने गृहजिल्ला डडेलधुरामा उनी निरन्तर जितिरहेका छन्। तर, यो स्थानीय तहको निर्वाचनपछि डडेलधुराको राजनीति देउवा अनुकूल नबन्ने निश्चित छ।

कुनै समय देउवाका दायाँ हात भनिएका कांग्रेसका निवर्तमान जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल करुवा बोकेर हिँडेका छन्।  सफलता हासिल गर्न नसके पनि एमालेसँग तालमेल गरेर यसपल्ट कांग्रेसलाई चुनौती दिएका छन्।

कांग्रेसले कारबाही गरिसकेका उनले बिपी कांग्रेसबाट राजनीति अघि बढाएका छन्। आगामी संसदीय निर्वाचनमा देउवाको लागि टाउको दुखाई बन्ने स्थानीय तहको निर्वाचनमा करुवाले ल्याएको मतले दर्शाउँछ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्