• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

प्रदेश १ : ६० पालिका जित्दै कांग्रेस पहिलो, एमालेले ४१ वटा जित्दा एकीकृत समाजवादी दुईमा सीमित

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ६, २०७९  १६:३४
1140x725

काठमाडौं– वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश १ मा रहेका १३७ मध्ये १२१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमा सबैभन्दा धेरै कांग्रेसले जित निकालेको छ।

प्रदेश १ मा हाल १६ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। मत परिणाम आएका पालिकाहरुमध्ये सबैभन्दा धेरै कांग्रेसले ६० पालिकामा जित निकालेको छ। त्यस्तै, नेकपा एमालेले ४१ पालिकामा जित निकालेको छ। 

तेस्रो पार्टीको रुपमा देखिएको नेकपा माओवादी केन्द्रले १२ पालिकामा जित निकालेको छ। प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले दुई/दुई स्थानीय तहमा जित निकालेका छन्। 

कांग्रेसले प्रदेश १ को ६० पालिकामा जित निकालेको छ। जसमध्ये ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाममा ४, झापामा ३, संखुवासभामा ६, तेह्रथुममा ३, भोजपुरमा ३, धनकुटामा ४, मोरङमा ७, सुनसरीमा ४, सोलुखुम्बुमा ५, खोटाङमा ६, ओखलढुंगामा ४ र उदयपुरमा १ पालिकामा जित निकालेको छ। 

कांग्रेसले ताप्लेजुङको फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरीजङ्घा गाउँपालिका, पाँचथरको कुम्मायक गाउँपालिका, तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिकामा जितेको छ। 

त्यस्तै, इलामको इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर नगरपालिका, झापाको कचनकवल गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, संखुवासभाको खाँदवारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलीचोङ गाउँपालिका र मकालु गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ।

तेह्रथुमको आठराई गाउँपालिका, फेदाप गाउँपालिका र लाँलीगुराँस नगरपालिकामा कांग्रेस निर्वाचित भएको छ। भोजपुरको अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका, धनकुटाको छथर जोरपाटी गाउँपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका र सागुरीगढी गाउँपालिका, मोरङको कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, बुढिगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ। 

कांग्रेसले सुनसरीको पालिकाहरुमध्ये ईनरुवा नगरपालिका, कोशी गाउँपालिका, दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका, सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका जितेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, खोटाङको कोपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका, सिद्दिचरण नगरपालिका र सुनकोशी गाउँपालिका र उदयपुरको वेलका नगरपालिका कांग्रेसले जितेको छ। 

एमालेले प्रदेश १ को ताप्लेजुङमा ३, पाँचथरमा १, इलाम ५, झापामा ३, संखुवासभामा ४, तेह्रथुम ३, भोजपुर ३, धनकुटामा ३, मोरङ्गमा ७, सुनसरीमा ३, सोलुखुम्बुमा २, खोटाङमा २, ओखलढुंगामा १ र उदयपुरमा १ गरि ४१ पालिकामा जित निकालेको छ।

एमालेले जितेका पालिकाहरुमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिदिङवा गाउँपालिका रहेका छन्। त्यस्तै, पाँचथरमा याङवरक गाउँपालिका, इलाममा देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, माइजोगमाइ गाउँपालिका र माङसेबुङ गाउँपालिका, झापाको कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका र विर्तामोड नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र मादी नगरपालिकामा एमालेले जित निकालेको छ। 

त्यस्तै, एमालेले जितेका पालिकाहरुमा तेह्रथुमको छथर गाउँपालिका, मेन्छयायेम गाउँपालिका र म्याङलुङ नगरपालिका रहेको छ। भोजपुरको पौवादुङमा गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका, धनकुटाको सहिदभूमि गाउँपालिका, चौविसे गाउँपालिका, धनकुटा नगरपालिका, मोरङको उर्लावारी नगरपालिका, कानेपोखरी गाउँपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिका, लेटाङ नगरपालिका र सुनवर्षी नगरपालिकामा नेकपा एमालेले जीत निकालेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेले जितेका सुनसरीका पालिकाहरुमा गढी गाउँपालिका, बर्जु गाउँपालिका र रामधुनी नगरपालिका रहेका छन्। त्यस्तै, सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, खोटाङ्गको ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, ओखलढुंगाको मेलुङ गाउँपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका नेकपा एमालेले जित निकालेको छ।

नेकपा माओवादी केन्द्रले भने प्रदेश १ मा १२ पालिकामा जित निकालेको छ। माओवादीले उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा २, सोलुखुम्बुमा १, भोजपुरमा २, पाँचथरमा १ र ताप्लेजुङमा २ पालिकामा जित निकालेको छ। 

माओवादी केन्द्रले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र मैवाखोला गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका, भोजपुरको आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिका, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिका, खोटाङको खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, उदयपुरको ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिकामा जित निकालेको छ। 

त्यस्तै, सत्ता गठबन्धनमा रहेको तथा पहिलो पटक निर्वाचनमा भाग लिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा दुई पालिकामा जित निकालेको छ। समाजवादीले इलामको एक र उदयपुरको एक पालिकामा जित निकालेको हो। जसमा इलामको सूर्योदय नगरपालिका र उदयपुरको उदयपुरगढी गाउँपालिका रहेका छन्। 

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को दुई पालिकामा जित निकालेको छ। जसपाले सुनसरीको देवागञ्ज र ओखलढुंगाको खिजिदेमवा गाउँपालिकामा जितको हो।  

प्रदेश १ मा दुई पालिकामा जीत निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा दुई पालिका आफ्नो हातमा लिएको छ। राप्रपाले झापाको दमक नगरपालिका र हल्दीवारी गाउँपालिकामा जित निकालेको छ।

प्रदेश १ का दुई पालिकामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन्। स्वतन्त्र उम्मेदवारले भोजपुरको साल्पासिलिछी गाउँपालिका र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा जित निकालेका हुन्। भोजपुरको साल्पासिलिछी गाउँपालिकामा ‘धारा’ चुनाव चिह्न लिएर चुनावमा लडेका दौलथ कुमार कुलुङ (राई) र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका पनि सोही चुनाव चिह्नमा लडेका ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्। 

हालसम्म प्रदेश १ का १६ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। जसमा उदयपुरका २, झापाका ७, मोरङका ३ र सुनसरीका ४ पालिका रहेका छन्। 

मत परिणाम आउँन बाँकी रहेका पालिकामध्ये झापाको अर्जुनधारा नगरपालिकामा एमाले, कमल गाउँपालिकामा नेपाली कांग्रेस, गौरादय नगरपालिकामा नेकपा एमाले, गौरीगञ्ज गाउँपालिकामा कांग्रेस, मेचीनगर नगरपालिकामा एमालेको र शिवसताक्षि नगरपालिकामा एमालेको अग्रता रहेको छ। त्यस्तै, मत परिणाम आउन बाँकी मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमाले, रंगेली नगरपालिकामा एमाले, विराटनगर महानगरपालिकामा कांग्रेस र सुन्दरहरैंचा नगरपालिकामा एमालेले अग्रता बनाएको छ। 

सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेस, धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राज राई, बराहक्षेत्र नगरपालिकामा कांग्रेस र हरिनगर गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ। 

त्यस्तै, गणना भइरहेको उदयपुरको कटारी नगरपालिकामा एमालेको अग्रता रहेको छ। उदयपुरको त्रियुगामा मतगणनाको प्रारम्भिक विवरण पनि आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
फूलपाती भित्र्याइँदै शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्