• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शेरबहादुर देउवाका पक्षमा !

64x64
सरोजराज अधिकारी शुक्रबार, जेठ ६, २०७९  १९:३३
1140x725

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै बलजोडमा गठबन्धन नगरेको भए स्थानीय निकायको परिणाम के हुन्थ्यो? करिब तीनचौथाइ स्थानको नतिजाहरूले स्पष्ट पारिसकेको छ, स्थानीय सरकारमा एमाले पहिलो ठूलो दल हुने थियो। कांग्रेस फराकिलो अन्तरले दोस्रो हुने थियो। 

अझै करिब एकचौथाइ स्थानको मत परिणाम आउन बाँकी छ, तर ती स्थानको प्रारम्भिक नतिजाले संभावित विजेतातर्फ संकेत गरिसकेको छ। त्यसैले अहिलेसम्मको नतिजाहरूले गठबन्धन गर्नु हुँदैन भनेर कुर्लने कांग्रेसीहरूको मुखमा ताला लगाएको हुनुपर्छ। रमाइलो त के छ भने, गठबन्धनको विपक्षमा सन्चार माध्यम तथा सामाजिक सन्जालका भित्ता पोतेका केही ‘स्वतन्त्र कांग्रेसी बुद्धिजीवी’ र ‘स्वतन्त्र कांग्रेसी पत्रकार’हरूले पनि यतिखेर स्वर फेर्न थालिसकेका छन्। स्वर फेर्नेमात्र होइन, एक कदम अघि बढेर यो गठबन्धन संघीय र प्रदेश तहको निर्वाचनमा पनि कायम राख्नुपर्ने दलिल दिन थालेका छन्। 

कुनै हिन्दी सिनेमाको एउटा डायलग छ, ‘हर बापका एक बाप होता है, और उसे हम दादाजी कहते है।’ उमेरले पनि, अनुभवले पनि यतिखेर आफूलाई नेपाली राजनीतिका ‘दादाजी’ साबित गरेका छन् देउवाले। साढे पाँच दशकको राजनीतिक अनुभव भएका देउवाका खराबीबारे पर्याप्त चर्चा गर्न सकिन्छ। मोटोमसिनो किताब नै तयार होला। तर, यो लेख स्थानीय निर्वाचनका लागि तालमेलका सन्दर्भमा कांग्रेसभित्र उत्पन्न विवाद र मत परिणाममा आधारित भएकाले ती विषय तत्कालका लागि मुल्तबीमा राखिएको छ। त्यसैले यस लेखको शीर्षक नै त्यसअनुरुप हुन गएको छ।

कांग्रेस सभापतिको निर्वाचनताका देउवाको विपक्षमा भिडेको समूह मनोनयनको अघिल्लो दिनसम्म पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने दलिल दिइरहेको थियो। कांग्रेस एक्लै भिड्ने हैसियतमा पुगेको विश्लेषण त्यो समूहको थियो। जसको नेतृत्व लोकतन्त्र स्थापनाभन्दा केही महिनाअघिमात्रै माओवादीसँग संवादका लागि गिरिजाप्रसाद कोइरालाको 'हुलाकी'को भूमिका पाएर कांग्रेसको राजनीतिमा पसेका शेखर कोइरालाले गरेका थिए। उनी विरासतको धरातल थेग्ने दौडमा छन्।

पन्चायतकालदेखि साढे पाँच दशकको राजनीतिक अनुभव बटुलेका देउवा र डेढ दशकअघि पारिवारिक विरासतको आडमा सुटुक्क कांग्रेस पसेका कोइरालाबीचको तुलना केहीअघि सम्पन्न महाधिवेशनताका पनि अशोभनीय लाग्थ्यो। मिनेन्द्र रिजाल र गगन थापाजस्ता क्षमतावान र प्रभावशालीमात्र होइन, राष्ट्रिय तथा पार्टी राजनीतिमा उल्लेख्य योगदान दिएका बौद्धिक हस्तीको साथ थियो कोइरालालाई। धनराज गुरुङजस्ता कांग्रेसभित्र रुचाइएका अनुहार थिए, उनको टिममा। यो टिमको सभापतिको उम्मेदवार बनाइएका कारण मात्र कोइराला ‘अग्लो’ देखिएका थिए। राष्ट्रिय र पार्टी राजनीतिमा योगदानको हिसाब–किताब केलाउने हो भने माथि उल्लिखित नाममात्र होइन, त्यस टिमकै अधिकांश सदस्य नै कोइरालाभन्दा ‘सिनियर’ थिए। 

कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरिलाई पार्टी विभाजनताका कसैले सोधेको थियो, ‘देउवालाई किन बोक्नुभएको?’

गिरिले भनेका थिए, ‘कोइराला परिवारको विरासत रोक्न हामीलाई एउटा तिघ्रे चाहिएको थियो।’

‘हरेक दिन एक क्वार्टर भोड्का पिउने पैसाको जोहो गर्न सांसदमा उठेको हुँ’ भन्ने किसुनजीका अनुयायी हुन् गिरि। किसुनजीमा राजनीतिक सुझबुझका साथै गहिरो व्यंगचेत पनि थियो। किसुनजीलाई हरेक दिन भोड्का पिउन के सांसद हुनु जरुरी थियो? 

Ncell 2
Ncell 2
nimb
nimb

चिन्तक गिरिले पनि गुरुकै हास्यचेत पछ्याउँदै देउवालाई ‘तिघ्रे’ भनिदिएका थिए। देउवाको छवि नेपाली राजनीतिमा यसरी विकृत रुपमा कोरिएको छ कि, उनी ‘बुद्धीहीन’ र ‘स्वाँठ’ हुन्।’ तर, गिरिको त्यो ‘तिघ्रे’को सार थियो, कांग्रेसभित्र कोइराला परिवारवादलाई चुनौती दिन सक्ने हुती भएका नेता। वास्तबमै, कालान्तरमा देउवाले त्यो विरासत भत्काए पनि।

गगनजस्ता ‘भिजनरी’ नेताहरू गत सभापति निर्वाचनमा देउवाले भत्काएको त्यही विरासत ब्युँताउन किन उद्दत भए? उनैका पछि लागेर कांग्रेस एक्लै भिड्छ भनेर स्थानीय सरकारको ठूलो हिस्सा झण्डै एमालेलाई बुझाउन किन तयार भएका थिए? उनीहरू स्वयमले ढिलोचाँडो समीक्षा गर्ने नै छन्। नभए, इतिहासले लेखाजोखा गर्ने नै छ। 

बिरामीको नाडी छाम्नु र जनताको मनस्थिति नाप्नु फरक कुरा हुन्। यो तथ्य अब ‘क्रान्तिकारी कांग्रेसी’हरू धेरैले बुझिसकेको हुनुपर्छ। पाँचौपटकको प्रधानमन्त्री देउवालाई उनका पितापुर्खाले विरासतमा दिएका होइनन्। योभन्दा अघिल्लो पार्टी निर्वाचनमा कृष्णप्रसाद सिटौला प्यानल हुँदै अन्ततः सभापतिमा देउवालाई साथ दिएका गगनले यो कुरा पक्कै बुझेका छन्। मानिलिउँ, गठबन्धनबाट यति बिघ्न नाफा हुन्छ भन्ने कुरा सायद देउवालाई पनि थाहा थिएन। उनले तत्क्षण असंभवप्रायः प्रधानमन्त्री पद दिलाइदिएका पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई÷उपेन्द्र यादवको गुण तिर्न गठबन्धन गरेका थिए। के गठबन्धन देउवालाई प्रधानमन्त्री बनाउन रचिएको फगत एउटा उपक्रम मात्र थियो? 

गठबन्धनको मूल उद्देश्य के थियो? यो कुरा देउवाभन्दा बढी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध तत्क्षण सडकमा उत्रने गगन–मिनेन्द्रहरूलाई थाहा छ। देउवा त त्यसबेला अलमलमै थिए। गठबन्धनको उद्देश्य एमाले अध्यक्षसमेत रहेका ओलीको अहंकारलाई परास्त गर्नु थिएन र?

मानिलिउँ ‘तिघ्रे’ देउवाले गरेको गठबन्धनको सार कांग्रेसलाई स्थानीय सरकारमा धेरैभन्दा धेरै सिट जिताउनु थियो। तर, रूप अर्थात् सैद्धान्तिक बहसमा अग्रणी भूमिका खेल्ने कांग्रेसीहरूले त केपी ओलीको दम्भ तोड्न, मुलुकलाई संवैधानिक बाटोमा फर्काउन गठबन्धन भनिआएको हैन र? त्यसको अन्तिम गन्तव्य संघ र प्रदेशको चुनाव हैन र? 

हाम्रोमा चुनावी परिणामको मिहिन समीक्षा गर्ने चलन छैन। किनकि, मनोनयनको साता दिनअघिसम्म ‘हाम्रा कि राम्रा’ मै टिकट वितरण अल्झिन्छ। मत परिणामको साता दिन भोजभतेरमै बित्छ। त्यसपछि ‘जो जिता वही सिकन्दर’ भन्यो हिँड्यो। 

अहिल्यै एक्लै–एक्लै भिडेको भए स्थानीय सरकारमा ओली आधाभन्दा माथि पुगिसक्ने थिए। त्यसपछि अस्तित्व जोगाउन संर्घषरत पुष्पकमल र पहिचान चिनाउन प्रयासरत माधव नेपाल (वा उनको समूहका अधिकांश) संघ र प्रदेशको चुनावमा सहकार्यका लागि बालकोटको बार्दली पुग्नु स्वाभाविक थियो। अनि, यी उपल्ला तहको नतिजामा कस्तो फरक पर्थ्यो भनेर त स्थानीय तहको मत परिणामले नै देखाइसकेको छ। विराटनगरमा नागेश कोइरालाले अग्रता लिइरहँदा कोइराला विरासतले (भलै थरमात्रै मिलेको किन नहोस्) नै जित्यो भनेर दङ्गिने नेताले कांग्रेस हाँक्छ कि, जिल्लाको गुट? 

हाम्रोमा चुनावी परिणामको मिहिन समीक्षा गर्ने चलन छैन। किनकि, मनोनयनको साता दिनअघिसम्म ‘हाम्रा कि राम्रा’ मै टिकट वितरण अल्झिन्छ। मत परिणामको साता दिन भोजभतेरमै बित्छ। त्यसपछि ‘जो जिता वही सिकन्दर’ भन्यो हिँड्यो। 

छिमेकी भारतमै प्रशान्त किशोरहरू आइसकेका छन्, जसले चुनावी रणनीति तय गर्छन्। तथ्यहरू केलाउँछन् र संभावनाहरू खोज्छन्। अरुले नभए पनि गठबन्धन गर्नुहुँदैन भनेर कुर्लने कांग्रेसीहरूले चाहिँ यसपटक तथ्यहरू केलाउनु जरुरी छ। 

अन्तिम मत परिणाम घोषणा भएका र अग्रता लिएका मत परिणामलाई सर्सर्ती केलाउने हो भने पनि कांग्रेसले यसपटक त्यति धोका पाएको छैन, जति उसले दिएको देखिन्छ। गठबन्धन कायम रहेका पालिकाहरूमा प्रमुख वा उपप्रमुख पदमा कांग्रेसले अर्को सहयात्री दलको भन्दा बढी मत पाएको छ। यसलाई सरलीकृत गरेर भन्दा, प्रमुख वा उपप्रमुखको कांग्रेस उम्मेदवारले गठबन्धन गरेको अर्को कुनै दलको प्रमुख वा उपप्रमुखभन्दा राम्रै बढी मत ल्याएको छ। अर्थात्, गठबन्धनका अन्य दलले कांग्रेस उम्मेदवारलाई जुन अनुपातमा मतदान गरेका छन्, कांग्रेसबाट त्यो अनुपातको मत पाएका छैनन्। 

यसका पछाडि केही प्राविधिक र मनोवैज्ञानिक कारणहरू अवश्य छन्। कांग्रेसीहरू त भन्न सक्छन्, हाम्रा उम्मेदवार लोकप्रिय भएर त्यस्तो भएको हो। केही स्थानमा होला पनि। तर, यहाँ मनोवैज्ञानिक पक्ष हावी भएको देखिन्छ। किनकि, गठबन्धनका अन्य दलमा मतदानका अवस्थासम्म पनि फेरि कांग्रेसकै पुच्छर समाएर संघ र प्रदेश चुनावको वैतरणी तर्नु छ भन्ने मानसिकता थियो। उनीहरूले बढ्ता इमान्दारिता देखाए, एक्लै भिड्न सक्षम छौ भन्ने कांग्रेसीले अहंकार देखाए। यसरी मत सन्तुलन गड्बडियो। 

गठबन्धनको इमान्दारिताका सन्दर्भमा माधव/बाबुरामहरूको असन्तुष्टि देखिएको छ। कांग्रेस र माओवादी मिलेर आफूहरूलाई लटीपटी पारे भन्ने उनीहरूको विश्लेषण छ। तर जनमतले भन्छ, जसपा र एकीकृत समाजवादीको हैसियत लटीपटी पार्न लायकै रहेछ। गठबन्धनकै आडमा यी दुई दलले एक–एक महानगर जित्ने लक्षण देखिएको छ, जुन आफैँमा यिनीहरूका लागि ठूलो उपलब्धि हो। हदै भए माधव नेपालले फेरि एकपटक भन्ने छन्, ‘हामीलाई अपमान भयो, हामीलाई सम्मान चाहियो।’ अब उनलाई भनिदिनुपर्छ, ‘जनताले नदिएको सम्मान पहिलो संविधानसभामा जस्तो टीका लगाएर दिन यसपटक मिल्दैन।’ बाबुराम–उपेन्द्रहरू फेरि एकपटक ‘मधेसवादी दल एक हौँ’ भनेर पन्चायती गर्नेछन्। दलहरू मिल्नु राम्रै हो, मिल्न दिनुपर्छ। 

यसपटक माओवादीले चाहिँ पुष्पकमलले पनि नसोचेको जनमत सिर्जना गरेको देखिन्छ। गठबन्धनमा कुरा नमिलेर ‘मित्रवत्’ प्रतिस्पर्धा गरेका कतिपय स्थानमा माओवादीले कांग्रेसलाई नै हराइदिएको पनि देखिएको छ। चितवनमा कांग्रेसका बागीले मनग्गे मत ल्याउँदा पनि पुष्पकमलले मतपत्र चबाइदिन कुनै कांग्रेसीलाई गुहार्न नपर्ने गरी रेणु दाहालले अग्रता लिइरहेकी छन्। चुनावका क्रममा छिटफुट घटना संसारका धेरै मुलुकमा हुन्छन्। सारमा भन्दा, अघिल्लोपटकको तुलनामा यसपटक कांग्रेसले सरकारमै रहेर पनि कम अपजस पाउने अवस्था बनेको छ। 

संभवत अबका साता दिनभित्रमा सबै तहको मत परीणाम आउला। त्यसपछि सबै दलका समीक्षा बैठक होलान्। कांग्रेसको पनि होला। त्यसबखत चुनावको पूर्वसन्ध्यामा गठबन्धनका लागि डाकिएका बैठकहरू बहिस्कार गरेका ‘बागी कांग्रेसी’ हरू उपस्थित होलान्, नहोलान् आफ्नो ठाउँमा छ। तर, यसपटक देउवा त्यस बैठकमा ‘दादाजी’को दबंग अवतारमा देखिने निश्चितप्रायः छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सरोजराज अधिकारी
लेखकबाट थप
शेरबहादुर देउवाका पक्षमा !
प्रचण्डको बाटो : राजनेता कि राजनीतिक बिचौलिया?
माधव नेपालको बाटो!
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्