सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र पोख्रेल निर्वाचित भएका छन्। उपप्रमुखमा भने नेकपा (एमाले)की मञ्जु देवकोटा निर्वाचित भएकी छन्।
प्रमुखमा निर्वाचित पोखरेलले १४ हजार १८७ मत ल्याएर विजयी बन्दा उनका निकटम प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५७६ मत पाए।
उपप्रमुखमा निर्वाचित देवकोटाले १२ हजार ६९४ मत ल्याइन् भने उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले ११ हजार ६८७ मत पाए।
कमलामाई नगरपालिकाको १४ वडामध्ये एमाले सात, कांग्रेस ५ र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।