काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा नेपाली कांग्रेसका भाइराम खड्गी निर्वाचित भएका छन्।
उनले १ हजार २ सय ८१ मत ल्याउँदा एमालेका विपिन खड्गीले १ हजार ७२ मत ल्याए।
महिला सदस्यमा कांग्रेसकै मीना खड्गी, दलित महिला सदस्यमा कांग्रेसकै ललिता कार्की ढली, खुल्ला सदस्यमा कांग्रेसकै अरुण तन्दुकार र सदस्यमा वीरेन्द्र महर्जन विजयी भएका छन्।
वडाध्यक्षमा निर्वाचित खड्गी अघिल्लो निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।