काठमाडौं- चितवनको भरतपुर नगरपालिकामा ५३ हजार ३४६ मत गणनामा भएको छ।
जसमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा छन्।
नेकपा एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।