काठमाडौं- २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले क्रमशः २६६ र १०६ पालिकाको नेतृत्व जितेका थिए। पाँच वर्षपछि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको सार्वजनिक नतिजा अनुसार यी दुवै दलभन्दा नाफातिर गएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो औपचारिक अपडेट अनुसार कांग्रेसले कुल २७२ पालिकाको नेतृत्व जितिसकेको छ। उसले ९६ वटा पालिकाको प्रमुख र १७६ पालिकाको अध्यक्ष जितिसकेको छ। उसले ४६ पालिकामा अग्रता लिइरहेको छ।
त्यस्तै, माओवादी केन्द्रले पनि कुल ११२ पालिकाको नेतृत्व जितिसकेको छ। उसले २० प्रमुख र ९२ अध्यक्ष जितेको हो। उसले ९ पालिकामा अग्रता लिइरहेको छ।
पाँच वर्षअघि २९४ पालिकाको नेतृत्व जितेको एमालेले हालसम्म १६९ पालिकाको नेतृत्व मात्रै जितेको छ। उसले ५७ प्रमुख र ११२ अध्यक्ष जितेको हो। उसले ३२ पालिकामा अग्रता लिइरहेको छ।
यद्यपि, यी तीनै दलले २०७४ सालमा आफूले जितेका कैयौँ पालिकामा पुनः जित्न सकेको देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।