काठमाडौं- मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा एमालेकै मिनाकुमारी खतिवडा निर्वाचित भएका छन्।
खरेलले १२ हजार १५६ मत पाए। उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्ग फागोले १० हजार २९० मत पाएका छन्। फागो निवर्तमान मेयर हुन्।
त्यसैगरी, उपमेयरमा एमालेकी खतिवडाले कांग्रेसकी सीता कार्कीलाई ८८ मतले हराइन्। खतिवडाले १० हजार ७२८ मत ल्याउँदा कार्की १० हजार ६४० मतमा समेटिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।