काठमाडौं- मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु र उपाध्यक्षमा एमालेकी गुणावतीदेवी थारु निर्वाचित भएका हुन्।
अध्यक्षमा निर्वाचित जयप्रकाशले ७ हजार ६०५ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित एमालेकी गुणावतीदेवीले ६ हजार १२३ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुखनीकुमारी माझीले ५ हजार ४४८ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।