काठमाडौं- अछामको पञ्चदेवल नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
प्रमुखमा ३ हजार ६५३ मत प्राप्त गर्दै अम्बिका कुमारी चलाउने निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत प्राप्त गरे।
उपप्रमुखमा पनि नेपाली कांग्रेसकै हर्कबहादुर रावलले ४ हजार १८८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सीता रावलले २ हजार ६१८ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।