काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
नगर प्रमुखमा प्रल्हाद कुमार क्षेत्री १४ हजार २१० मतसहित निर्वाचित भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका राजु खड्काले ८ हजा २३२ मत पाए। उनीहरूको मतान्तर ५ हजार ८८७ छ।
उपप्रमुखमा पनि स्वतन्त्र प्यानलकै तारादेवी महतो विजयी भएकी छन्। महतोले ९ हजार ७३६ मत पाइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १८५ मत पाइन्।
कांग्रेसले टिकट नपादिएपछि क्षेत्री स्वतन्त्र प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। १४ वडा रहेको बर्दिबासमा चार जना स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।